• Home
  • ताजा समाचार
  • पलाँता गाउँपालिकामा अध्यक्षसहित सबै वडामा माओवादी केन्द्र विजयी
Image

पलाँता गाउँपालिकामा अध्यक्षसहित सबै वडामा माओवादी केन्द्र विजयी

काठमाडौं, २ जेठ

कालिकोटको पलाँता गाउँपालिकामा माओवादी केन्द्रले गाउँपालिका अध्यक्षसहित सबै वडामा जित हात पारेकाे छन् । सोमबार बिहान सार्वजनिक भएको निर्वाचनको नतिजाअनुसार गाउँपालिका अध्यक्षसहित नौवटै वडामा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका हुन् ।

गाउँपालिकाका अध्यक्षमा इन्द्रबहादुर रोकाय, उपाध्यक्षमा मानबहादुर भण्डारी विजयी भएका छन् । नौवटा वडा रहेको गाउँपालिकामा एउटा वडामा बागी उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन कार्यालयले गरेको घोषणाअनुसार माओवादी केन्द्रबाट वडा नं. १ मा मनप्रसाद न्यौपाने, २ मा भीमप्रसाद न्यौपाने, ३ मा बाँचे विश्वकर्मा, ४ मा तिलकबहादुर बुढा, ५ मा तिलकबहादुर बम, ६ मा ज्ञानबहादुर ऐडी, ७ मा माओवादी केन्द्रकै बागी उम्मेदवार उमेश बम, ८ मा माओवादी केन्द्रकै गोगनबहादुर बम र वडा नम्बर ९ मा रामबहादुर बम विजयी भएका छन् ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ३ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ५ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ७ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *