• Home
  • ताजा समाचार
  • नेमकिपाका सचिव सुवालले देश लिलाम हुने जोखिममा पुगेको बताए
Image

नेमकिपाका सचिव सुवालले देश लिलाम हुने जोखिममा पुगेको बताए

काठमाडौं, १५ जेठ

नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले देश लिलाम हुने स्थितिमा पुगेको बताएका छन् ।

चाँगुनारायण नगरपालिका–८ ताथलीले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा उनले देशको अर्थतन्त्र नाजु्क अवस्थामा पुगेको बताउँदै देश नै लिलाम हुने स्थितिमा पुगेको बताएका हुन् । उनले शासक तथा ठूला दलको अर्कमण्यताको कारण देशको ऋण बढिरहेको उल्लेख गरे ।

स्थानीय तहको निर्वाचन २०७९ मा चाँगुनारायण नगरपालिका वडा नंं ९ ताथलीमा निर्वाचित जनप्रतिनीधिहरुलाई बधाई तथा मतदाताहरूलाई धन्यवाद ज्ञापन कार्यक्रममा सांसद सुवालले देशको अर्थतन्त्र खोक्रो बन्दै गइरहँदा पनि शासक दलहरुले त्यतातिर ध्यान दिन नसकेको बताए ।

स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै उनले ठूला दलहरूले आफू जित्नका लागि सिद्धान्तहीन सम्झौता गरी जनतालाई झुक्याएको समेत बताए ।
उनले ठूला दलहरुले गठबनधनको नाममा प्रजातन्त्रविपरीत काम गरेको उल्लेख गर्दै कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा सिद्धान्तमा टिक्न नसकेको चर्चा गरे ।

नेपाल मजदुर किसान पार्टीले सिद्धान्तविपरीत कुनै काम नगरेको कारण अन्य दलहरूका लागि नेमकिपा चुनौती बनिरहेको सन्दर्भ जोड्दै उनले राष्ट्रियता र सार्वभौमिकता रक्षाको सन्दर्भमा नेमकिपाको जीत भएको बताए ।

कार्यक्रममा उनले निर्वाचित जनप्रतिनीधिहरुले देश र जनताको निःस्वार्थ सेवा गर्न, पूवाग्रहविना काम गर्न निर्देशन समेत दिए । उनले पार्टीको सिद्धान्त र विचारबाट विचलित नभई काम गर्नुपर्ने समेत बताए ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ दिन अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni २ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *