Trending

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम भने अर्ब नाघ्यो

990Views
0 Shares

७ पुस, काठमाडौं 

साताको अन्तिम कारोबार दिने बिहीबार नेप्से सामान्य घटेको छ । बिहीबार बजार परिसूचक नेप्से ०.०१ अंकले घटेर १८६७.२१ अंकमा बन्द भएको छ ।

बैंकिङ र अन्य उपसूचकमा वृद्धि भएपनि अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से बढ्न सकेन । अन्य उपसूचक २.०४ प्रतिशत र बैंकिङ उपसूचक ०.११ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक सर्वाधिक २.२८ प्रतिशत र व्यापार उपसूचक १.१२ प्रतिशतले गिरावट भएको छ ।

बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएपछि सकारले आन्तरिक ऋण उठाउन तथा पुनर्कर्जा नवीकरण नहुँदा तरलताको दबाव कायम रहेन अवस्थामा बैंकहरुले तत्काल ब्याजदर घटाएनन् । जसले गर्दा सेयर बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । जसले बजारमा परिसूचकसँगै कारोबार रकममा पनि उत्साह देखिंदैन । जसले गर्दा नेप्सेमा समान्य उतारचढाव भएपनि अन्तिममा करिब अघिल्लो दिनकै नजिक नेप्से बन्द भएको छ ।

बजार परिसूचक नेप्से स्थिर भएपनि कारोबार रकम भने बढेको छ । बुधबार ९० करोड पनि नपुगेको कारोबार रकम बिहिबार भने अर्ब नाघेको छ । बिहीबार बजारमा ३१ लाख ११ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ११ करोड ९७ लाख ९८ हजारको कारोबार भएको छ । जसमध्ये ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको नेपाल दूरसञ्चार कम्पनीको सेयर १४ करोड ९९ लाख ५० हजारको कारोबार हुँदा एनआईसी एशिया बैंकको ५ करोड ६९ लाख ६५ हजार र नबिल बैंकको ५ करोड ३१ लाख ६७ हजारको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा २११ कम्पनीको सेयर कारोबार भएकोमा १२४ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ७६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ । बिहीबार कारोबार भएकोमध्ये सृजनशील लघुवित्त र धौलागिरी लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा आदर्श लघुवित्तको सेयर मूल्य ८.१९ प्रतिशतले वृद्धि भएको छ ।

आँधीखोला लघुवित्तको सेयर मूल्य सवार्धिक ७.७० प्रतिशतले गिरावट हुँदा बलेफी हाइड्रोपावरको सेयर मूल्य ५.४९ प्रतिशत र सोल्टी होटलको सेयर मूल्य ४.७६ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय