Trending

नेप्सेमा एकल अंकको गिरावट, कारोबार रकम ८६ करोड ३८ लाख

965Views
0 Shares

६ पुस, काठमाडौं 

 सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ५.८९ अंकले गिरावट भएर १८६७.२२ अंकमा बन्द भएको छ । बुधबार बजारलाई लिड गर्ने बैंकिङ उपसूचक वृद्धि भएपनि त्यसबाहेकका सबै उपसूचकमा गिरावट हुँदा नेप्से सामान्य घटेको छ ।

बैंकिङ उपसूचक ०.२७ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने सर्वाधिक १.५ प्रतिशतले गिरावट भएको छ । यस्तै अन्य उपसूचक १.३९ प्रतिशतले गिरावट हुँदा अरु सबै उपसूचक १ प्रतिशत भन्दा कमले गिरावट भएको छ । सोमबार र मंगलबार लगातार दुई दिन बढेको नेप्से बुधबार भने घटेको हो । नेप्सेमा गिरावट हुँदा कारोबार रकममा पनि उत्साह भने छैन ।

बुधबार नेप्सेमा २४ लाख ४० हजार ३०७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा कारोबार रकम ८६ करोड ३८ लाख १७ हजार पुग्यो । जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ११ करोड ८२ लाख ४६ हजारको कारोबार हुँदा नबिल बैंकको ३ करोड ९५ लाख ९ हजारको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको ३ करोड ८५ लाख ७७ हजारको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २१२ कम्पनीको सेयर कारोबार भएकोमा १४० कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ६३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ । जसमध्ये आँधीखोला र सृजनशील लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा इस्टन हाइड्रोपावरेको सेयर मूल्य ९.८५ प्रतिशतले वृद्धि भएको छ ।यता पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ६.२८ प्रतिशतले गिरावट हुँदा गुडविल फाइनान्सको सेयर मूल्य ३.६० प्रतिशत र सिनर्जी पावरको सेयर मूल्य ३.५० प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय