• Home
  • अर्थ
  • नेपाल राष्ट्र बैंकले बोलकबोलमार्फत २ अर्बको ऋणपत्र बिक्री गर्दै
Image

नेपाल राष्ट्र बैंकले बोलकबोलमार्फत २ अर्बको ऋणपत्र बिक्री गर्दै

काठमाडौं, २७ मंसिर

नेपाल राष्ट्र बैंकले मंगलबार २ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले  निष्कासन गर्न लागेको सो ऋणपत्रमा मंसिर २७ गते मंगलबार अपरान्ह २ बजेसम्म बोलकबोल हुनेछ । ऋणपत्र खरिद गर्न चाहने कम्पनीहरूले  बोलकबोल अनलाइनबाटै पेस गर्नुपर्ने बैंकले जनाएको छ । 

साथै, विकास ऋणपत्र २०८२ ‘छ’ नामक ऋणपत्रको ३ वर्षको अवधि रहनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, सर्वसाधारण नागरिक तथा संगठित संस्थाहरूले खरिद गर्न सक्नेछन् । ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिनदिन पनि पाइनेछ ।
 

यहि मंसिर २८ गते ऋणपत्र निष्काशन र साँवा भुक्तानी गरिनेछ । यसको व्याजदर भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ र आर्जित व्याजमा व्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । सहभागीहरूले प्रतिस्पर्धी र अप्रतिस्पर्धीको रुपमा रहेर ऋणपत्र बिक्री गर्न सक्नेछ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् १.७ अर्ब र ३ करोड रुपैयाँ छुट्याइएको छ । व्याजदरलाई बोलकबोलले कबोल गरेको सानोदेखि ठूलो क्रममा मिलाएर बाँडफाँट गरिनेछ ।

साथै रकममा भएको कटअफ व्याजदरलाई एकल व्याजदरमा कायम गरिने र व्याजदरभन्दा तल सबै बोलवालाहरुलाई एकल व्याजदरमा ऋणपत्र प्रदान गरिनेछ । यस बैंकबाट इजाजतपत्र प्राप्त भएका (क,ख र ग) वर्गका बैंक तथा वित्तिय संस्थाले अप्रतिस्पर्धीको रुपमा भग लिन पाउने छैन्न ।
 
ऋणपत्र घटिमा ५० हजार रुपैयाँ र बढीमा कुल निस्कासन रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भागजाने अंकमा हुनुपर्ने सूचनामा उल्लेख छ ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ६ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *