• Home
  • Uncategorized
  • नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्यसहित एनडिएच ब्राण्डका मसला ५५ भेराइटीमा उत्पादन
Image

नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्यसहित एनडिएच ब्राण्डका मसला ५५ भेराइटीमा उत्पादन

Look

काठमाडौं। विगत ७ वर्षदेखि श्री बालाजी इम्पोर्ट एक्स्पोर्ट ट्रेडर्स (श्री बिआइइटी) ले एनडिएच ब्राण्ड अन्तर्गत ५५ भेराइटीका मसला उत्पादन गर्दै आएको छ। यी उत्पादनहरू देशभर करिब १ सय डिलर नेटवर्कमार्फत बिक्री वितरण भइरहेको छ।

श्री बिआइइटीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केम्स सिंहका अनुसार एनडिएच मसला हाल अमेरिका, अष्ट्रेलिया, दुबई, कतार, फ्रान्स, जापान, युके, क्यानडा लगायतका मुलुकहरूमा निर्यात भई उच्च मागका साथ लोकप्रिय बन्दै गएको छ।

सिंह नेपालका कान्छा मसला उद्योग सिइओ हुन्। उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सोचका साथ नेपाली मसला उद्योगलाई सशक्त बनाउन निरन्तर प्रयासरत रहेको बताए। सिंह भन्छन्, “स्वदेशी बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली मसला मन पराइँदै आएको छ। यसले नेपाललाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पु¥याइरहेको छ।”

उनले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न राज्यले व्यापार घाटालाई ध्यानमा राख्दै उचित नीतिहरू लागू गर्नुपर्नेमा जोड दिए। “विदेशी मसलामा निर्भरता घटाउन हामीले नेपाली उत्पादनलाई प्राथमिकता दिए आत्मनिर्भर बन्न सकिन्छ,” उनले थपे।

एनडिएचले मसला मात्र नभई चिप्स, क्रन्ची उत्पादन गर्दै आएको छ। यसका लागि आफ्नै नाइट्रोजन प्लान्ट स्थापना गरिएको र चाँडै सोयाबिन, फुरनदाना र दालमोठजस्ता नयाँ उत्पादन बजारमा ल्याउने तयारी भइरहेको सिंहले जानकारी गराए।

“नेपाली मसलाका माध्यमबाट आत्मनिर्भर अर्थतन्त्र निर्माण हाम्रो प्रमुख लक्ष्य हो,” सिंहले भने।

नेपालको स्वदेशी उत्पादनलाई सशक्त बनाउँदै एनडिएच ब्राण्ड

यो प्रयासले नेपाली उद्योगलाई विश्वव्यापी प्रतिस्पर्धामा सहभागी गराउने र स्वदेशी ब्राण्डप्रतिको विश्वासलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni २ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *