• Home
  • राजनीति
  • नागरिकता विधेयक पास गर्ने दिन अचानक झापा पुगे ओली
Image

नागरिकता विधेयक पास गर्ने दिन अचानक झापा पुगे ओली

काठमाडौं, २ भदौ

प्रतिनिधिसभा बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । तर, डेढ घन्टा ढिला भइसक्दा पनि बस्न सकेको छैन । आजको प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसक्ने सांसदहरूको नाम प्रस्तुत हुने कार्यसूची छ ।

त्यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सामान्य संशोधन गर्न फिर्ता पठाएको नागरिकता विधेयक निर्णयार्थ पेस हुने कार्यसूची पनि छ ।

बिहीबार बिहान बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति नजुटेपछि आजै नागरिकता विधेयक पारित गर्ने तयारी छ । नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएलगत्तै एमाले अध्यक्ष केपी ओली गृहजिल्ला झापा पुगेका छन् । 

पार्टी कार्यक्रममा सहभागी हुन ओली झापा पुगेका हुन् । केही दिनअघि पनि ओली तीन दिनसम्म झापा बसेर फर्केका थिए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ओली गृहजिल्ला गएको नेताहरूले बताएका छन् ।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ४ दिन अगाडि

मिडियामार्फत केम्श सिंहको आग्रह: नयाँ सरकारलाई शिक्षा सुधारका ४ बुँदे सुझाव

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार केम्श सिंहले मिडियामार्फत नयाँ सरकारलाई शिक्षा क्षेत्र सुधारका…

ByByanjana soni ५ महिना अगाडि

काठमाडौं क्षेत्र नं. ४ मा केम्स सिंहको जितको संकेत बलियो

  काठमाडौं, नेपाल – काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा उम्मेदवार केम्स सिंहको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै…

ByByYOUTV Nepal ६ महिना अगाडि

पुराना दल कमजोर देखिँदा बारा ३ मा नयाँ शक्तिको उभार

बारा – बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा नयाँ र पुराना राजनीतिक शक्तिबीच…

ByByBirgunj ६ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *