• Home
  • खेलकुद
  • द क्यापिटल वारियर्सले जित्यो नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट टुर्नामेन्टको उपाधि
Image

द क्यापिटल वारियर्सले जित्यो नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट टुर्नामेन्टको उपाधि

काठमाडौं । नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट टुर्नामेन्टको उपाधि द क्यापिटल वारियर्सले जितेको छ। प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार आयोजित उक्त टुर्नामेन्टमा सञ्चारकर्मीहरूको टोली ‘द इन्टरटेनर्स’ र कलाकारहरूको टोली ‘द क्यापिटल वारियर्स’ बीच प्रतिस्पर्धा भएको थियो।

प्रतियोगिताको उद्घाटन नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच. हाशमीले गरेका थिए।

टी–२० फर्म्याटमा सम्पन्न खेलको टस जितेर द क्यापिटल वारियर्सले पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो। निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा टोलीले १९५ रनको चुनौतीपूर्ण योगफल खडा गर्‍यो। टोलीका लागि दिपु कर्णले सर्वाधिक रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए।

यस जितसँगै द क्यापिटल वारियर्सले उपाधिसहित ट्रफी उचालेको छ।

Related Posts

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १ हप्ता अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *