• Home
  • ताजा समाचार
  • देशमा आएको प्रत्येक उपलब्धिलाई बाह्य छायाको रूपमा हेर्न हुँदैन – माधवकुमार नेपाल
Image

देशमा आएको प्रत्येक उपलब्धिलाई बाह्य छायाको रूपमा हेर्न हुँदैन – माधवकुमार नेपाल

काठमाडौं । मंसिर १५ गते
देशमा आएको प्रत्येक उपलब्धिलाई बाह्य छायाको रूपमा हेर्न नहुने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताउनु भएको छ । नेकपा (एमाले)का महासचिव सीपी मैनालीप्रति लक्षित गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।

आज काठमाडौंमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना सन्देश दिँदै उहाँले परिवर्तनको मूल कारक आन्तरिक हुने भएकाले बाह्य ठानिए गम्भीर गल्ती मान्नुपर्ने बताउनु भएको छ ।
र्यक्रममा यसअघि बोल्दै मैनालीले परिवर्तनको नाममा देशमा विदेशी हस्तक्षेप बढेको आरोप लगाउनु भएको थियो ।

संविधान निर्माण र संघीयताका लागि यहाँका दलहरूले अहं भूमिका खेलेको भन्दै यसलाई बाह्य शक्तिले दिएको भन्नु गम्भीर गल्ती हुने बताउनु भएको छ । नेता नेपालले नेपाली राजनीतिमा तीनवटा ‘ब्रान्ड’ बनेको बताउनु भउको छ । जसमा राष्ट्रियताको ब्रान्ड पहिलो रहेको उहाँको भनाइ छ । यस्तै, लोकतन्त्र र प्रजातन्त्रको अर्को ब्रान्ड भएको उनको तर्क छ । उनले सामाजिक परिवर्तन र न्याय तथा समानता तेस्रो ब्रान्ड भएको धारणा व्यक्त गर्नु भएको छ ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ३ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ३ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *