• Home
  • ताजा समाचार
  • दिक्तेल रुपाकोट मझुवागाढीमा गठबन्धनको प्यानल विजयी
Image

दिक्तेल रुपाकोट मझुवागाढीमा गठबन्धनको प्यानल विजयी

काठमाडौँ, १९ जेष्ठ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यपालिकामा गठबन्धनको प्यानल विजयी भएका छन् ।

१५ वडा रहेको नगरपालिकामा बुधबार सम्पन्न नगरसभा निर्वाचनबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार विजयी भएका हुन् ।

२५ सदस्यीय नगर कार्यपालिकाका लागि निर्वाचित महिला सदस्यमध्येबाट पाँच जना तथा दलित वा अल्पसंख्यक समुदायबाट तीन सदस्य चयन गर्ने क्रममा सबै गठबन्धनका उम्मेदवार विजयी भए ।

निर्वाचित महिला सदस्य मध्येबाट धनशोभा राई, गंगा विक, मीना कार्की, मनिला राई, अञ्जना केसी तथा दलित समुदायबाट रामकुमार हिङमाङ, झुलेन्द्र विक र वीरेन्द्र दर्नाल विजयी भएका छन् ।

१५ वडाका वडाध्यक्ष, प्रमुख र उपप्रमुखसहित १७ जना कार्यपालिका सदस्य निर्वाचित भइसकेको अवस्थामा थप आठ जना सदस्य चुनिएका हुन् ।

त्यसमध्ये भागबण्डामा कांग्रेस र माओवादी केन्द्रका समान तीन जना, जसपा र एकीकृत समाजवादीका समान एक जना मिलाइएको छ ।

संविधानमा निर्वाचनको अन्तिम मत परिणाम प्राप्त भएको मितिले १५ दिनभित्र नगरसभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेका पाँच महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका तीन जना सदस्यसमेत नगरकार्यपालिकाको सदस्य हुने व्यवस्था छ ।

२५ सदस्यीय नगर कार्यपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रका छन् । त्यसबाहेक माओवादी केन्द्रका नौं जना, कांग्रेसका सात जना, एमालेका तीन जना, जसपाका तीन जना र एकीकृत समाजवादीका एक जना सदस्य बनेका छन् ।

नगरपालिकाका ७७ पदमध्ये माओवादी केन्द्र २६, एमाले २५, कांग्रेस १७, एकीकृत समाजवादी सात र जसपा दुई पदमा विजयी भए ।

दलित समुदायबाट तीन सदस्य चुनिएसँगै नगरपालिकामा कुल पद संख्या ८० पुगेको छ ।

दिप्रुङमा एमालेको प्यानल विजयी 

जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भने एमालेको प्यानलै विजयी भएको छ ।

गाउँसभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेका चार महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका दुई सदस्यसमेत गाउँ कार्यपालिकाको सदस्य हुने व्यवस्थाअनुसार सुब्बा माझी, कला परियार, निर्मला श्रेष्ठ ‘मकाजु’, विमला परियार, स्वस्तीका भुजेल र कुष्णकुमारी राई निर्वाचित भएका हुन् ।

सात वडा रहेको गाउँपालिकामा ३० वैशाखमा सम्पन्न निर्वाचनबाट ३७ जनप्रतिनिधि निर्वाचित भएका थिए ।

मतदानमा एमालेको पक्षमा २० मत र गठबन्धनको पक्षमा १६ मत खसेको थियो । एक मत बदर भएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ३ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ४ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *