दलाल तथा नोकरशाही तन्त्रलाई गठबन्धनले प्रवर्द्धन गरेको छ –शंकर पोखरेल
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, चैत २३ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको अर्थतन्त्र कमजोर बनाएर कमिसनका लागि कालोबजारी, तस्करी, घुसखोरी र दलाल तथा नोकरशाही तन्त्रलाई देउवा–प्रचण्डको गठबन्धनले प्रवद्धन गरेको आरोप लगाएका छन्। त्यस्तै रास्वपा अध्यक्ष रवि लामिछानेले राहदानी प्रकरणमा क्षमादानको याचना गरेको आरोप समेत लगाएका छन्।
आज सामाजिक सञ्जाल मार्फत उनले रवि लामिछानेले राहदानी प्रकरणमा क्षमादान पाएको भन्दै सुशासनको घण्टी बजाउनुको केही अर्थ नभएको उल्लेख गरेका छन्। नागरिकता मुद्दामा मन्त्री र सांसद पद गुमाएका रविलाई राहदानी दुरुपयोग प्रकरणमा भने उनलाई केही राहत मिलेको छ।
लामिछानेलाई राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिने दिन चैत ६ गते नै महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मुलुकको अर्थतन्त्रलाई कमजोर बनाएर कमिसनका लागि कालोबजारी,तस्करी,घुसखोरी र दलाल तथा नोकरशाही तन्त्रलाई प्रवर्द्धन गर्ने देउवा–प्रचण्डको नेतृत्वको भ्रष्ट गठबन्धनलाई राहदानी प्रकरणमा क्षमादानको याचनासहित समर्थन गर्नेहरूले सुशासनको घण्टी बजाउनुको कुनै अर्थ र महत्व बाँकी रहेन।’
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि