Trending

दक्षिण कोरियामा भागदौड : ज्यान गुमाउने १ सय ५१ जनामध्ये १९ जना विदेशी

900Views
0 Shares

दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा पनि १ सय ५१ जनाको ज्यान गएको छ । शनिवार राति हालुविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा मच्चिएको भागदौडमा १ सय ५१ जनाको ज्यान गएको र कयौँ जना घाइते भएका बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये १९ जना विदेशी नागरिक पनि रहेका छन् । ३ सय ५५ जना हराइरहेका भन्दै आफन्तले सिओल महानगरमा गुनासा टिपाएका पनि खबरमा उल्लेख छ । सडकमा एक लाख जना सहभागी भएका बेलामा एक्कासी भागदौड मच्चिएको थियो।

कोरोना महामारीका कारण तीन वर्षसम्म हालुविन इभ मनाउन नपाएका हजारौँ कोरियाली युवायुवती यसपालि निकै उत्साहकासाथ सडकमा निस्केर इभ मनाइरहेका थिए । मध्यरातमा भएको भागदौडबाट ज्यान गुमाउनेमध्ये धेरैजसो युवायुवती नै रहेका खबरमा उल्लेख छ । कोरियाली सरकारले घटनाको छानबिन गर्न एक समिति गठन गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रो, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, बेलायती प्रधानमन्त्री ऋषि सुनक लगायतले घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय