Image

टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दै

आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ ।

आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । पाकिस्तान सुपर–१२ समूह ‘२’ को उपविजेता र न्युजिल्यान्ड समूह ‘१’ को विजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । यी दुई देशबीच भएका पछिल्ला पाँच खेलमा पाकिस्तान चार खेलमा विजयी भएको छ । सुपर–१२ मा भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले पराजित पाकिस्तानले बंगलादेश, दक्षिण अफ्रिका र नेदरल्यान्डस्लाई हराएको थियो ।

त्यस्तै सेमिफाइनल पुग्न नेदरल्यान्ड्सलाई हराउनुपर्ने खेलमा दक्षिण अफ्रिका पराजित भएपछि पाकिस्तान सेमिफाइनलमा पुगेको हो । पाकिस्तानले सन् २००९ मा श्रीलंकालाई हराउँदै विश्वकप जितेको थियो । न्युजिल्यान्डले अष्ट्रेलिया, श्रीलंका र आयरल्यान्डलाई हराएको थियो भने इंग्ल्यान्डसँग हारेको थियो । अफगानिस्तानसँगको खेल वर्षाले प्रभावित भएको थियो ।

समान ७ अंक भए पनि सुपर–१२ समूह ‘१’ बाट न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनलमा पुगे । अष्ट्रेलिया नेट रनरेटको कारण बाहिरिएको थियो । न्युजिल्यान्ड गएको वर्ष यूएईमा भएको टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । तर अस्ट्रेलियासँग पराजित भयो । दोस्रो सेमिफाइनलमा भोलि भारत र इंल्याण्डबीच खेल हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni १ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *