• Home
  • अर्थ
  • झन्डै ३ वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु
Image

झन्डै ३ वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु

काठमाण्डाै पुस १३

झन्डै तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु भएको छ । २०७६ सालको माघदेखि नै चीनले विभिन्न कारण देखाएर नेपाली सामान रोकेको थियो । अनौपचारिकरूपमा हिजो मङ्गलवारदेखि नै सामान निर्यात सुरु भए पनि आज बुधवार औपचारिक कार्यक्रम नै गरेर सामान निर्यात सुरु भएको नेपालमा रहेको चिनियाँ दूतावासले जनाएको छ ।

नेपाली सामानले भरिएका छ वटा कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएको दूतावासले उल्लेख गरेको छ । आजदेखि औपचारिकरूपमै रसुवागढीबाट केरुङ हुँदै सामान निर्यात सुरु भएको ल्हासाका महावाणिज्यदूत नवराज ढकालले जानकारी दिनुभयो । हिजो ५० लाख नेपाली रुपैयाँ बराबरका सामान बाेकेकाे आठ वटा कन्टेनर चीन गएकाे रसुवा भन्सार कार्यालयले जनाएको छ ।

रसुवागढी नाका भएर मैदा, बेसार, खुर्सानी, बाँसका मुढा, कुचो, हस्तकलालगायत एक सय ८३ वटाभन्दा बढी प्रकारका सामग्री चीन निर्यात हुँदै आएका छन् ।

चीनले कोरोना महामारीलाई देखाएर नेपाली सामान रोक्नुका साथै चीनबाट नेपालमा हुने आयातमा पनि कडाइ गर्दै आएको थियो । नयाँ सरकार गठन हुनेबित्तिकै चीनले नेपाली सामान खुला गर्नुलाई अर्थपूर्णरूपमा लिइएको छ ।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १६ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १८ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *