जीसीसीको भिसा वाहकलाई ओमानले अनअराइभल भिसा दिने
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाण्डौ – गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) को भिसा वाहकहरूलाई ओमानले अनअराइभल भिसा दिने भएको छ ।
जीसीसीका देशमा जुनसुकै पेसा, व्यवसाय वा रोजगारी गर्ने कुनै पनि देशका नागरिकलाई ओमानको कुनै पनि प्रवेश बिन्दुमा अनअराइभल भिसा प्राप्त हुने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।
जीसीसीका देशमा कार्यरत विदेशी नागरिकलाई ओमानले सबै खाले व्यवसायीक प्रयोजनका लागि अनअराइभल भिसा दिने छ ।
ओमान प्रवेशका लागि आफू कार्यरत रहेकै देशबाट बाहेक अन्य देशबाट पनि ओमान प्रवेश गर्न पाउने छन् । तर भिसाको अवधि भने कम्तीमा तीन महिना अवधिको हुनु पर्ने छ ।
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि