• Home
  • ताजा समाचार
  • जिसस निर्वाचनमा पाँचदलीय गठबन्धनतर्फ लागे गाेपाल हमाल
Image

जिसस निर्वाचनमा पाँचदलीय गठबन्धनतर्फ लागे गाेपाल हमाल

काठमाडौँ, ३० जेठ

जिल्ला समन्वय समिति कैलालीको निर्वाचनमा निर्णायक मानिएका धनगढी उप महानगरपालिका मेयर गोपाल हमालले कांग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट उम्मेदवार बनेकालाई भोट हालेका छन् ।

जिल्ला समन्वय समितिका नेतृत्वका लागि कैलालीमा शत्तारुढ तीन दलको गठबन्धन र नागरिक उन्मुक्ति पार्टी तथा एमालेको गठबन्धन बनेको थियो ।

सत्तारुढ गठबन्धनतर्फ मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय निलम्बनमा परेपछि दुवै गठबन्धनको मतभार १२-१२ थियो । यस्ताे अवस्थामा स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरपालिकाको मेयर बनेका हमाल निर्णयक थिए ।

शनिबारसम्म कतै नखुलेका हमालले आज भने गठबन्धनकाे उम्मेदवारलाई भोट हालेको बताएका छन् । उनको भोटसँगै सत्तारुढ गठबन्धनले जिससको नेतृत्व गर्ने देखिएको छ ।

बिहान साढे ७ बजेदेखि सुरु भएको मतदानमा कूल २५ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ ।  जिसस कैलालीको प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट पदम कलेल र नागरिक उन्मुक्ति पार्टीबाट इन्द्र चौधरी उम्मेदवार छन् ।

१३ पालिकाका २६ जना मतदाता रहेको कैलालीमा २५ जना मात्रै मतदाता छन् । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले चुनावी प्रक्रियामा सहभागी हुन नपाउने निर्वाचन आयोगको निर्णयपछि मतदाता संख्या २५ मा झरेको हो ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ दिन अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ३ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ३ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *