Image

चौरजहारी नगरपालिकामा माओवादीका पुष्प वादी विजयी

काठमाडौं , ४ जेठ

रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको मतगणना सम्पन्न भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामबमोजिम नगर प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्रका पुष्प वादी र ईश्वरीकुमारी शर्मा विजयी भएका छन् ।

कांग्रेस र एमालेको गठबन्धनलाई पराजित गर्दै नगरपालिका प्रमुखमा माओवादीका वादी ६ हजार ८८२ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रेमबहादुर वलीले ६३११ मत पाए ।

उपप्रमुखमा माओवादीकी ईश्वरी शर्मा सात हजार दुई मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार टंकप्रसाद ओलीले पाँच हजार ७४४ मत प्राप्त गरेका छन् ।

१४ वटा वडा रहेको नगरपालिकामा ११ वटा वडाका वडाध्यक्ष पदमा माओवादी र तीन वडाका कांग्रेस विजयी भएकाे छ ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ३ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ५ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ७ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *