Image

चर्चामा आउन उठे २२ उम्मेदवार, तर कटेन १०० भोट

काठमाडौं, १४ मंसिर

कर्णाली प्रदेशका १० जिल्लामा १०० भोट नकटाउने उम्मेदवार झन्डै दुई दर्जन रहेको पाइएको छ । प्रदेशभरिबाट १९० उम्मेदवारमध्ये २२ जनाले १०० भोट पनि नकटाउँदा जमानतसमेत जफत भएको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपाका) धेरैजसो उम्मेदवारले १०० भोट नकटाएका हुन् । प्रतिनिधिसभातर्फ ७४ मध्ये १० जना उम्मेदवारले १०० सय कटाएनन् ।

सुर्खेत १ मा नेमकिपाका प्रेमकुमार थापाले ५९ मत, राप्रपा नेपालका जीवन चन्दले ३२ मत, मंगाेल नेसनल अर्गनाइजेसन पार्टीका शेरबहादुर घर्तीमगर (कुखुराको भाले) ले  २९ मत प्राप्त गरेका छन् । सुर्खेत २ मा प्रतिनिधिसभातर्फ नेश्नलिष्ट पिपुल्स पार्टी (लाटोकोसेरो) का कुमारी राईले ५० मत, दैलेख १ मा उम्मेदवारी दिएका कांग्रेस बीपीका भुपालबहादुर थापाले ६६ मत प्राप्त गरे । 

कालिकोटबाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार स्वतन्त्र उम्मेदवार (सूर्यमुखी) धनप्रसाद पाण्डेले ८२ मत, मुगुमा स्वतन्त्र उम्मेदवार दिएका (जोडी चप्पल) उम्मेदवार कृष्णबहादुर सेजुवालले ६७ र स्वतन्त्र (पुतली) उम्मेदवार भीमचन्द्र हमालले ३८ मत पाएका छन् । डोल्पामा स्वतन्त्र उम्मेदवार वीरबहादुर रोकाय (खरायो)ले जम्मा १० तथा नेकपा मार्क्सवादी (पुष्पलाल) पार्टीका हर्कबहादुर ठकुल्लाले ५३ मत प्राप्त गरेका छन् । 

यस्तै ११६ प्रदेश सभा सदस्य पदका उम्मेदवारमध्ये १२ जनाले १०० मत पनि कटाउन सकेका छैनन् । सुर्खेत १ (क) बाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका गंगे कामीले ४९ मत, राप्रपा नेपालका लालबहादुर गुरुङले ४७ र नेमकिपाका पुष्पराज रानाले २३ मत पाए  । सुर्खेतकै १ (ख) मा नेमकिपाका मनकली रामजालीले ६३, स्वतन्त्र उम्मेदवार (जेब्रा) देवबहादुर चन्दले नाै मत पाए ।

निर्वाचन आयोगको तथ्यांकअनुसार यस्तै हुम्ला (ख) मा राप्रपाका नैनबहादुर रावतले ९८ तथा जनता समाजवादी पार्टी नेपालका बलीराज शाहीले ४१ र राप्रपा नेपालका सुमन रावतले पनि २१ मत पाए । १०० भोट नपाउनेको सूचीमा मुगु (ख) मा स्वतन्त्र उम्मेदवार जग बहादुर धामी पनि छन् । उनले १५ मत पाएका छन् । सुर्खेत २ (क) मा राप्रपा नेपालका मानबहादुर गाइन र नेपाल लोकतन्त्र पार्टीका पूर्णबहादुर सुनारको पनि १०० मत कटाउन सकेकन् । उनीहरूले २२ मत प्राप्त गरे भने २(ख)मा नेमकिपाका गगन कामीले ९४ वटा मात्रै भोट पाए । 
 


Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १४ घण्टा अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *