Trending

गृहमन्त्री भन्छन्, बलात्कारविरुद्धको शिक्षा पाठ्यक्रममै समावेश गर्नुपर्ने विचार सकारात्मक

1.2kViews
0 Shares

काठमाडौं, २४ जठे

गृहमन्त्री बालकृष्ण खाणले यौनजन्य हिंसाविरुद्धको शैक्षिक सामग्री पाठ्यक्रममा समावेश गर्नुपर्ने विचार सकारात्मक भएको बताएका छन् ।

सांसदहरूले उठाएका सवालमा छलफलमा जवाफ दिँदै उनले यौनजन्य हिंसाबाट बच्न, बचाउन र घटनाबारे सजायको प्रावधान पाठ्यक्रममा समावेश गर्नु अनिवार्य भएको बताए ।

सांसदहरूले विद्येयकमाथिको छलफलको क्रममा सचेतनाका लागि जानकारीमूलक सामग्री पाठ्यक्रममा समावेश गर्नुपर्ने आवाज उठाएका थिए ।

संसद्‍मा सोमबार विद्येयक प्रस्तुत भएको छ । उक्त विद्येयकमाथिको छलफलको क्रममा उठेका सवालको जवाफ दिने क्रममा गृहमन्त्री खाणले बलात्कारजस्ता आपराधिक गतिविधिमा संलग्न हुनेलाई पनि अभिमुखीकरण दिनुपर्ने अवस्था देखिएको बताए ।

बाँकेमा भएको सामूहिक बलात्कारको घटनामा १६ वर्ष, १७ वर्षदेखि २५ वर्षसम्मको युवकहरू रहेको चर्चा गर्दै अधिकांश बलात्कारका घटनामा युवाहरू नै संलग्न रहेको पाइएको उनको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय