• Home
  • जनजाति
  • गायिका शोभा त्रिपाठीले आउँदै गरेको हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै कोसेली स्वरूप ‘सँइले झुक्यायो मज्जैले’ बोलको गीत ल्याए
Image

गायिका शोभा त्रिपाठीले आउँदै गरेको हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै कोसेली स्वरूप ‘सँइले झुक्यायो मज्जैले’ बोलको गीत ल्याए

काठमाडौं । लामो समयदेखि सञ्चारकर्रमी  गायनमा समेत सक्रिय रहेकी गायिका शोभा त्रिपाठीले आउँदै गरेको हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै कोसेली स्वरूप ‘सँइले झुक्यायो मज्जैले’ बोलको गीत ल्याए९की छन् ।

केही दिनअघि उनको आफ्नै युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । नेत्र अर्यालको शब्द रचना र संगीत रहेको यस गीतमा महेन्द्र भण्डारीले एरेन्ज गरेका हुन् भने गायिका शोभालाई नरेश रेग्मीले आवाजमा साथ दिएका छन् ।

विशेष गरी आफू लोक क्षेत्रलाई नै लक्षित गर्दै टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्दै र तीजका गीतहरू पनि पस्कँदै आइरहेको सन्दर्भमा यसपटक पनि कोसेली स्वरूप केही फरकपनको गीत लिएर आएको गायिका त्रिपाठीले बताइन् । हिन्दू नारीहरूको महान् पर्व मानिने तीजमा विवाहित चेली माइत आएको बेला आफूले पराइको घरमा गर्नुपरेका विभिन्न अनुभूतिलाई गीतमार्फत प्रस्तुत गरिएको उनले सुनाइन् ।

साथीसंगी एकै ठाउँमा जम्मा भएर आफ्ना माइतीहरूलाई सुनाउने र आफूलाई मन परेका जोडीहरूले श्रीमान–श्रीमतीले समेत एकअर्काको प्रशंसा गर्दै आफ्नो मनोभावना व्यक्त गर्ने चलन परापूर्वकालदेखि चल्दै आएको उल्लेख गर्दै गायिका शोभाले ती परम्परा भुल्न नहुनेमा जोड दिइन् ।

उनको पछिल्लो समय बजारमा आएको यस ‘सँइले झुक्यायो मज्जैले’ गीतको भिडियोमा बिक्रम चौहानले गीतको कथा–नृत्य निर्देशन गरेका छन् भने प्रकाश खड्काले छायांकन गरेका हुन् । मिलन विश्वकर्माले सम्पादन गरेको उक्त गीतको भिडियोमा गायिका शोभा त्रिपाठी आफैँले अभिनय गरेकी छन् भने उनलाई रमेश विश्वकर्माले साथ दिएका छन् ।

विगतदेखि आफ्नो स्वर र म्युजिक भिडियोमा समेत अभिनयसँगै विभिन्न मेला महोत्सवमा प्रस्तोताको भूमिका निभाउँदै आएकी गायिका शोभाले यस अघिका थुप्रै गीतहरू बजारमा उपलब्ध रहेको र ती गीतहरूबाट प्रशंसा पाइरहेको बताइन् ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ६ घण्टा अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ६ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *