• Home
  • Uncategorized
  • किवी खेतीसहित विद्यार्थी अध्ययन गर्दै
Image

किवी खेतीसहित विद्यार्थी अध्ययन गर्दै

बागलुङ, २२ चैत

बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामस्थित धारा माध्यामिक विद्यालयका विद्यार्थी पढ्दै किवी खेती गर्न थालेका छन् । विद्यालयले विद्यार्थीलाई व्यावसायिक शिक्षाअन्तर्गत विद्यालय परिसरमै नर्सरी स्थापना गरी फलफूल तथा तरकारी खेती गर्न प्रोत्साहन गरेको हो ।

कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थी पठनपाठनको अतिरिक्त व्यावसायिक शिक्षाको लागि किवी खेतीको व्यवहारिक अभ्यास गर्ने विज्ञान विषयका शिक्षक नरबहादुर पच्याले बताए । किवी उत्पादनबाट प्राप्त हुने आम्दानी विद्यालयको खातामा जम्मा गरिन्छ ।

किवी खेती व्यावसायिक शिक्षासँगै पाठ्यवस्तुसँग पनि जोड्ने गरिन्छ । विशेष गरी किवीको फूल खेल्ने बेला विद्यार्थीहरूलाई विरुवाको प्रजनन् (परागसेचन)बारे जानकारी दिइने गरिन्छ । किवीको भाले बिरुवाले उत्पादन दिँदैन । पूmल लाग्ने समयमा माहुरी, भमराजस्ता जीवले कसरी परागकण पोथी अंगमा पु¥याउन मद्दत गर्छ भन्ने विषयमा विद्यार्थीहरूलाई ‘फिल्ड’मै पुगेर अध्ययन गर्न लगाउने गरेको शिक्षक पच्याको भनाइ छ ।

विशेष गरी कक्षा ६ र ७ मा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी विद्यालयको जग्गामा करेसाबारी निर्माण गरिएको थियो । पूर्वव्यावसायिक शिक्षा अन्तर्गत विद्यार्थीलाई अभ्यास शिक्षणको लागि तयार गरेको नर्सरी विद्यालयलाई पनि आम्दानीको स्रोत बनेको छ ।

तल्लो कक्षामा पढने विद्यार्थीले किवीको बिरुवा आसपासमा सिमी लगायतका तरकारी खेती पनि गर्ने प्रधानध्यापक कमला थापाले बताइन् । पहिलो वर्ष १६० किलो किवी बिक्री भएको थियो ।

गत वर्ष मौसम प्रति कुल हुँदा ९९ किलो किवी २५० रुपैयाँको दरले बिक्री गरेको प्रअ थापाको भनाइ छ । उत्पादन भएको किवी सुरुमा विद्यार्थीलाई बाँडेर बाँकी रहेको मात्रा स्थानीय समुदायलाई सस्तो मूल्यमा बिक्री गरिन्छ ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *