काठमाडौं । पुष ६ गते
आज प्रतिनिधिसभाको बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।समितिको बैठक बिहान साँढे ११ बजे संसद् भवन नयाँ बानेश्वरस्थित शङ्कर हलमा बस्ने बताइएको छ ।

सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद् अवरोध जारी राखेको छ ।सरकारले संसद् सुचारु गर्नका लागि सर्वदलीय बैठक बोलाए पनि एमाले सहभागी भएन ।











