• Home
  • ताजा समाचार
  • कांग्रेस नेता महर भन्छन्, पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोकेर सरकार कल्याणकारी बन्‍न आवश्यक
Image

कांग्रेस नेता महर भन्छन्, पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोकेर सरकार कल्याणकारी बन्‍न आवश्यक

काठमाडौं, ९ जेठ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको ढाड सेक्नेगरी भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि कल्याणकारी बन्न सरकारसँग आग्रह गरेका छन् । उपभोक्ता मञ्चले बढ्दो महँगीका विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता महरले पछिल्लो केही महिना यता अस्वाभाविक मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेर उपभोक्ता मारमा परेको बताए।

सरकारले आइतबार रातिदेखि लागू हुनेगरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता गरिनुपर्ने उनको माग छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि वृद्धि हुने भएकाले राज्य कल्याणकारी बन्नुपर्ने उनी बताउँछन् ।

‘सरकारको काम व्यापार गरेर नाफा खाने मात्र होइन । समस्यामा परेका बेला कल्याणकारी भावना राखेर जनतालाई सहुलियत दिनु पनि हो । पेट्रोलियम पदार्थमा लगाइएको ट्याक्स मात्रै खारेज गर्न सके आकासिएको मूल्यवृद्धिमा स्वतः गिरावट आउने छ,’ नेता महर भन्छन् । लोकतान्त्रिक सरकारले कल्याणकारी व्यवस्थाका लागि कतिपय अवस्थामा कठोर निर्णय पनि लिनसक्नुपर्ने उनको धारणा छ ।

सरकार कूटनीतिक माध्यमबाट पनि नेपालमा पेट्रोलियम पदार्थको सहज व्यवस्थापनमा लाग्नुपर्ने महरको भनाइ छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा प्रत्येक कुराको ढुवानी बढ्ने र यसले जनताको दैनिक उपभोग्य वस्तुको मूल्य आकासिने महरले बताए ।

अप्ठ्यारो परिस्थितिमा नै जनतालाई राज्य र सरकार भएको महसुस हुनुपर्ने उनी बताउँछन् । ‘जनताको अभिभावक सरकार हो । उसले जनताको सुख, दुःखमा साथ दिनुपर्छ । र, आफू भएको प्रत्याभूति गराउन सक्नुपर्छ । त्यसपछि मात्र सरकारप्रति जनताको विश्वास बढ्छ,’ नेता महरले भने ।

विदेशमा मूल्य बढेर आयो भन्दै नेपालमा पटक-पटक मूल्य वृद्धि गर्नु मात्रै समस्याको समाधान नहुने उनी बताउँछन् । यो समस्या समाधानका लागि सरकार गम्भीर बन्नु पर्ने महरको धारणा छ ।

अहिले बजारको मूल्यवृद्धि रोक्न नसके कालान्तरमा व्यापारीले चलखेल गर्न सक्ने अवस्था आउने र उपभोक्ता थप मारमा पर्ने जोखिम रहेकाले सरकार चनाखो बन्नुपर्ने उनी बताउँछन् ।

बढाएको मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १८० पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ८०० पुगेको छ ।

निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० बढाएको थियो ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *