• Home
  • ताजा समाचार
  • कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना
Image

कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना

काठमाडौँ , ९ जेठ

कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक)स्थापना भएकाे छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको अस्पतालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रदेश अस्पतालको संयुक्त लागतमा रक्तसञ्चार केन्द्रको स्थापना गरेकाे हाे ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उक्त बैंकको सोमबार औपचारिक रुपमा उद्घाटन गरेका हुन् । साे अवसरमा मुख्यमन्त्री शाहीले प्रदेश अस्पताललाई देशभरकै उच्चस्तरीय अस्पतालका रुपमा रुपान्तरण गर्न प्रदेश सरकार लागिरहेकाे दाबी गरे ।

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले केन्द्र स्थापनासँगै अब रगत अभावमा कसैले पनि ज्यान गुमाउनु नपर्ने बताए । अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्काले कर्णालीका नागरिकसहित अन्य प्रदेशका नागरिकलाई स्वास्थ्य सेवा दिँदै आएको र थप सेवा सुविधा दिन अस्पतालले रक्त सञ्चार केन्द्र स्थापना गरेको बताए ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १४ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १८ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *