Image

कर्णाली प्रदेशमा १६ प्रतिशत बदर

काठमाडौं, १२ मंसिर 

गत ४ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कर्णालीका विभिन्न जिल्लामा भएको मत बदर संख्या करिब १६ प्रतिशतसम्म रहेको पाइएको छ । 

सल्यानमा १३ हजार ६ सय १४ मत बदर भएको छ । ८३ हजार ७०४ मत खसेको सल्यानमा १६ प्रतिशत म तबदर भएको छ । निर्वाचन कार्यालयहरूले दिएको प्रारम्भिक तथ्यांकअनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मात्रै आठ हजार ३१८ मत बदर भएको छ ।

डोल्पामा करिब दुई हजार मत बदर भएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा एक लाख ५४ हजार ८११ मत खसेकोमा आठ हजार तीन सयभन्दा धेरै मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए । यो करिब ५.३७ प्रतिशत हुन आउँछ । पाँच वर्षअघिको निर्वाचनको तुलनामा बदर मतको दर घटे पनि कर्णालीमा मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ ।   

निर्वाचन कार्यालय डोल्पाका अनुसार १७ हजार ८३७ मत खसेकोमा एक हजार ९९९ मत बदर भएको छ, जुन ११ प्रतिशभन्दा धेरै मत बदर हो ।

जाजरकोटमा ११ प्रतिशत मत बदर भएको निवार्चन कार्यालयले जनाएको छ । जाजरकोटमा प्रत्यक मतदान केन्द्रमा ४ देखि ११ प्रतिशत मत बदर भएको पाइएको निर्वाचन कार्यालय जाजरकोटका निमित प्रमुख नवीन कठायतले कर्णाली रैबारलाई जानकारी दिए ।

खासगरी मतदातामा शिक्षाको कमी, राजनीतिक दलहरूले निर्वाचन तालमेल गरे पनि मतदातालाई भोट हाल्ने तरिका सिकाउन बेवास्ता गर्नु र मतदाता शिक्षा कार्यक्रम सबै टोल बस्तीमा पुग्न नसकेकैले मत बदर भएको सरोकारवालाहरू बताउँछन् ।


Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १४ घण्टा अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *