Image

कंकालिनी नगरपालिका मेयरमा जनमतका माझी निर्वाचित

काठमाडौं, ४ जेठ

सप्तरीको कंकालिनी नगरपालिकाको नगरप्रमुखमा जनमत पार्टीका विरेन्द्र माझी विजयी भएका छन्। उनीले ६ हजार ४०७ मत ल्याएर विजय भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी जनता सामासवादीका शैलेश साहले ६ हजार २४६ मत ल्याए। साह २०७४ सालको निर्वाचनमा राजपाबाट  मेयर पदमा निर्वाचित भएका थिए।

उपमेयरमा  जसपाकी सरिता यादव पुन: उपमेयर पदमा ६ हजार ५०२ मत ल्याएर विजय भईन्। उनको निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीको उपमेयर उम्मेदवारले ५ हजार ९८२ मत प्राप्त गरिन्। यादव २०७४ सालको निर्वाचनमा उपममेयर पदमा निर्वाचित भएकी थिइन्।

त्यस्तै यस नगरपालिकाको वडा नं १ मा जनमत पार्टीका सुरेन्द्र मण्डल, २ मा जनता समाजवादी पार्टीका सन्तोष कुमार यादव,३ मा जसपाकै विजय कुमार यादव, ४ मा जनमतका मौली कुमार मण्डल,५ मा माओवादी केन्द्रका बुद्धिमान श्रेष्ठ, ९ मा जसपाकै हरिश्चन्द्र वर्मा, १० मा जसपाको  राम लखन मण्डल, ११ मा माओवादी केन्द्रका  साकीर खा, १२ जसपाका श्रीचन्द्र मुखिया, १३ मा जसपाकै कुशेश्वर यादव र १४ मा जसपाका कृष्ण कुमार यादव विजय भएका छन्।

Related Posts

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni १ घण्टा अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni १७ घण्टा अगाडि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni २ दिन अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *