• Home
  • राजनीति
  • ओली नेकपाका सबैभन्दा मुल्यवान सम्पति यसैकारण भावी प्रधानमन्त्री : नेता रिजाल
Image

ओली नेकपाका सबैभन्दा मुल्यवान सम्पति यसैकारण भावी प्रधानमन्त्री : नेता रिजाल

काठमाडौं, १३ भदौ । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले देशको आशा भरोसा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा मात्रै रहेको दाबी गर्दै भावी प्रधानमन्त्रीका रुपमा एमालेले उनलाई उभ्याएको बताएका छन् । एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा उभ्याउनुको कारण बताएका हुन् । 

उनले ओली एमालेको सबैभन्दा मुल्यवान सम्पति भएकाले पनि उनलाई जनतामाझ खडा गरेको बताए । कार्यक्रममा उनले ७५ वर्षको इतिहासमा ओलीको नेतृत्वको सरकारमा जत्ति कसैले पनि नगरेको बताए । यसकारण उनलाई विकास र निर्माणको संवाहक मान्दै अघि सारेको बताए । 

उनले राष्ट्रियता र राष्ट्रवादमा उनीजत्तिको अरु कोही नउभिएको पनि बताए । वर्षैअघिदेखिको सीमा विवाद होस या दुई छिमेकी देशको सम्बन्ध सन्तुलनमा होस सबैमा उनी सफल रहेको बताए । यसकारण फेरि पनि उनको नेतृत्व राष्ट्रका लागि आवश्यक रहेको रिजालले बताए । 

कार्यक्रममा रिजालले कम्युनिष्ट आन्दोलनका निर्माता पनि ओली भएको दाबी गरे । अहिले कम्युनिष्ट आन्दोलनको कुरा गर्दा २०२८ साल अभि र पछि भनेर व्याख्या गर्नु पर्ने बेला आएको बर्ता । झापा आन्दोलनको नेतृत्व ओलीले नै गरेको उनको भनाइ छ । यो आन्दोलन उनैले गरेका थिए । 

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni २ दिन अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni ४ दिन अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni ४ दिन अगाडि

कर्णालीका सांसदको आफन्त मोह, स्वकीयमा ज्वाइँदेखि छोरासम्मलाई नियुक्ति

कर्णालीका अधिकांश सांसदले स्वकीय सचिवमा आफन्तलाई दिए नियुक्ति शेरबहादुर थापा/न्यूज कारखाना सुर्खेत, २८ असोज । कर्णाली प्रदेश सभामा…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *