Trending

ऐतिहासिक कात्तिक नाच आजदेखि : यसवर्ष १० दिनसम्म चल्ने

1.0kViews
0 Shares

काठमाण्डाै – ३ सय ८१ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच आजदेखि सुरु हुँदैछ । ललितपुरको ऐतिहासिक नाच यसवर्ष १० दिनसम्म चल्नेछ । कात्तिक नाच संरक्षण समितिका अनुसार कात्तिक २२ गतेसम्म मङ्गलबजारको कात्तिक दबलीमा बेलुकी ७ बजे नाच देखाइनेछ ।

हरेक दिनको नाचको लागि पाटन दरबार क्षेत्रमा रहेको नासल चोकमा ९० जना कलाकार भेला भएर नाचको तयारीमा व्यस्त हुने गर्दछन् । विशेष गरेर कृष्ण लिलामा आधारित नाचमा दिनैपिच्छे फरक-फरक नाचहरु देखाइने गरिन्छ । नाचमा दैत्य जगाउने परम्परा छ ।

आज भक्त सुरदास प्याँख देखाएर सुरु हुने कात्तिक नाच कात्तिक २२ गते दधिलिलाको नाच देखाएर समापन गरिनेछ । कात्तिक नाचको मुख्य आकर्षण नृसिहं अवतार कात्तिक २० गते देखाइनेछ । यस नाचमा राजोपाध्याय, श्रेष्ठ,  प्रधान, अमात्य, जोशी, मल्ललगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुनेगर्दछ।

नेपाल सम्वत् ७६१ सालदेखि निरन्तर प्रदर्शन भइरहेको नाच यसपालि ३ सय ८२ वर्ष पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय