इलाममा मत गणनाको प्रारम्भिक नतिजा आउन सुरु
By Ronisha joshi
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं , ३१ वैशाख
इलाममा स्थानीय तह निर्वाचनको मत गणना सुरु भएको छ । इलाम नगरपालिकामा नेपाली कंग्रेसका केदार थापाले अग्रता लिएका छन् । इलाम नगरपालिका १ साखेजुङ्गको मत गणना हुँदा कांग्रेसका केदार थापाले १७७ मत पाउँदा एमालेका धिरेन चेम्जोङले १२१ मत पाएका छन् ।
सूर्योदय नगरपालिकामा गठबन्धनका उम्मेदवार रणबहादुर राईले अग्रता लिएका छन् । उनले ८० मत पाउँदा एमालेका काजिमान कागतेले ७० मत पाएका छन् । माङसेबुङ्ग गाउँपालिकामा कांग्रेसका डिकेन्द्र इदिङ्गोको सुरुवाती अग्रता छ ।
चार सय मत गठना हुँदा इदिङ्गोले २५६ र एमालेका उम्मेदवार हेमन्त राईले ५८ मत पाएका छन् माईजोगमाई गाउँपालिकामा एकालेका कुशबहादुर थेबेले अग्रता लिएका छन् । थेबेले २०३ मत पाउँदा गठबन्धनका उम्मेदवार जीत बहादुर राईले १६० मत पाएका छन् ।

जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि