इजलासमा सन्दीपको बयान : ‘मलाई कसैको उक्साहटमा फसाइयो’

1.1kViews
0 Shares

काठमाण्डौ – १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा आज मङ्गलवार सन्दीपको बयान भएको हो । 

नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले हिजो सोमवार अभियोगपत्र दायर गरेको थियो । अभियोगपत्र दायरपछि अदालतमा आज सन्दीपको बयान भएको हो । 

सन्दीपसँग बयान लिने काम सकिएकाले भोलि बुधवारदेखि थुनछेक बहस हुने सन्दीप पक्षका वकिल मुरारी सापकोटाले बताउनुभयो । सन्दीपले बयानका क्रममा आफूप्रति बदनियत र कसैको उक्साहटमा अभियोग लगाएको बयान दिएको उहाँको भनाइ छ । उहाँले सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सन्दीपले आफूप्रति जबरजस्ती करणीको अभियोग बदनियतका साथ कसैको उक्साहटमा लगाइएको हो भनेर बयान दिनुभएको छ र आफ्नो बयान पुष्टि हुने विभिन्न किसिमका प्रमाणहरू पनि पेस गर्नुभएको छ । प्रमाण भनेको पीडित भनिएकी व्यक्तिको हकमा जन्मदर्ताको विषयवस्तु हो, जन्मदर्ताका प्रमाण केही भेटिएका छन् ।’

पीडित किशोरीले अनुसन्धानका क्रममा दिएको विवरण र डाक्टहरूको समूहमा स्वास्थ्य परीक्षण गराउँदा दिएको विवरण मेल नखाएको उहाँले बताउनुभयो । किशोरीको बयान शङ्कास्पद रहेकाले उसकाे जन्मदर्तालाई नै प्रमाण मानेर केस अघि बढाउने कुरामा आफूहरूले वकालत गर्ने उहाँकाे भनाइ छ । 

सन्दीपमाथि गएको भदौ ५ मा काठमाण्डौको एक होटेलमा एक १७ वर्षीया बालिकालाई लगेर बलात्कार गरेको अभियोग छ । पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय