• Home
  • खेलकुद
  • आइसीसी विश्वकप क्रिकेट लिग २ मा ओमानको सामना गर्दैै नेपाल
Image

आइसीसी विश्वकप क्रिकेट लिग २ मा ओमानको सामना गर्दैै नेपाल

काठमाडौं, ३१ जेठ

आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (मंगलबार) आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । ओमानविरुद्ध मैदान उत्रिँदा नेपाली टिम पहिलो खेलमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।

आजको खेलसँगै ओमान विश्वकप क्रिकेट लिग २ मा सबै खेल खेल्ने पहिलो टिम बन्ने । नेपालले भने हालसम्म १४ खेल खेलेको छ । नेपालले हालसम्म ओमानसँग पाँच खेल खेलेको छ । जसमध्ये ओमानले चार खेल जित्दा एक खेलको नतिजामात्र नेपालको पक्षमा छ ।

यसअघि त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भने नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो ।

तालिकाको शीर्ष स्थानमा रहेको ओमानले ३५ खेलबाट ४४ अंक जोडेको छ । यस्तै, १४ खेलबाट १३ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।

शृंखलामा नेपालले असार १ गते घरेलु टिम अमेरिकाविरुद्ध अन्तिम खेल खेल्नेछ ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ३ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ५ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ७ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *