अन्तर्राष्ट्रिय मुद्रा कोषले बङ्लादेशलाई ४ अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने
By Anusha sijapati
३ वर्ष अगाडि
Comments: 0
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बङ्लादेशलाई ४ अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । ऊर्जा र खाद्यान्नको बढ्दो मूल्यसँग जुध्न यो सहायता प्याकेज उपलब्ध गराउने प्रारम्भिक सम्झौता भएको आईएमएफले जनाएको छ ।
रूसले युक्रेनमा आक्रमण थालेपछि मूल्यमा भएको तीव्र वृद्धिका कारण अरु एसियाली अर्थतन्त्रसँग मिल्दोजुल्दो बङ्लादेश पनि प्रभावित भएको छ । झण्डै १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली देश बङ्लादेशले यस वर्षको सुरुमा आईएमएफसँग सहयोग अनुरोध गरेको थियो ।
पछिल्लो समय बङ्लादेशी मुद्रा (टाका) को मूल्य २५ प्रतिशतले घटेको छ । युक्रेनमा रूसको आक्रमणका कारण बङ्लादेशको आर्थिक पुनरूत्थानमा अवरोध पुगेको आईएमएफका टोली प्रमुख राहुल आनन्दले बताउनुभएको छ ।
बङ्लादेशले चालु खाता घाटा, विदेशी मुद्रा सञ्चितिमा गिरावट, बढ्दो मुद्रास्फीति र सुस्त आर्थिक वृद्धिसँगै जलवायु परिवर्तनको समस्या पनि भोग्दै आएको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि