• Home
  • ताजा समाचार
  • स्वास्थ्य प्रमुखको हाजिरी दुरुपयोग : कार्यालय समयको अवहेलना प्रकरण
Image

स्वास्थ्य प्रमुखको हाजिरी दुरुपयोग : कार्यालय समयको अवहेलना प्रकरण

वीरगंज महानगरपालिका अन्तर्गत स्वास्थ्य तथा सामाजिक विकास महाशाखा, जनस्वास्थ्य प्रवर्द्धन शाखा, वीरगंज स्वास्थ्य चौकी (वडा नम्बर १४, पर्सा) का स्वास्थ्य प्रमुख सचिदानन्द प्रसाद जसवालमाथि कार्यालय समयको अवहेलना र हाजिरी दुरुपयोगको आरोप लागेको छ।

स्थानीय जनप्रतिनिधिहरूका अनुसार जसवाल कार्यालय समयमा अनियमित रूपमा उपस्थित हुन्छन्। आज बिहान ११:२५ बजे कार्यालय पुगेका जनप्रतिनिधिहरूले उनलाई अनुपस्थित पाएपछि हाजिरी रजिस्टरमा नाम नभएको देखाएका थिए। तर, पछि रजिस्टरमा टिपेक्स प्रयोग गरी हाजिरी बनाएको पाइएको छ।

जनप्रतिनिधिहरूले यस घटनालाई स्थानीय सरकारको नियमको उल्लङ्घन भएको भन्दै आलोचना गरेका छन्। उनीहरूले सरकारी पदमा रहेर कार्यालय समयमा अनियमितता र कागजातमा हेरफेर गर्नु गम्भीर विषय भएको बताएका छन्। यस सम्बन्धमा थप अनुसन्धानको माग गरिएको छ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ३ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *