• Home
  • जनजाति
  • रौतहटमा चोरीको ३ मोटरसाईकल सहित ३ चोर पक्राउ, लाखौंको सामान बरामद
Image

रौतहटमा चोरीको ३ मोटरसाईकल सहित ३ चोर पक्राउ, लाखौंको सामान बरामद

सञ्जय मिश्रा 
रौतहट ३० असोज। रौतहट स्थित प्रहरीले चोरीको ३ थान मोटरसाईकल सहित ३ जना चोर पक्राउ गर्नुका साथै लाखौँ रुपैयाँ बराबरको अबैध भारतीय सामान बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले ३ थान चोरीको मोटरसाईकल सहित ३ जना चोरलाई पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय गौरको टोलीले लाखौँ रुपैयाँ बराबरको अबैध भारतीय सामान बरामद गरेको हो।

गत २१ गते बिहान ७ बजे गढीमाई नगरपालिका ६ बखरी टोलका उनितेश साहको घरैबाट चोरी भएको प्रदेश ०३(०१९ प २६३१ नम्बरको स्प्लेन्डर प्लस मोटरसाईकल सहित सोही ठाउँका श्यामबाबु साहको छोरा १९ बर्षीय धीरज साह पक्राउ परेका छन्।
त्यस्तै गत २२ गते दिउँसो १ बजेर ४५ मिनेटमा माधोपुर बजारबाट चोरी भएको माधव नारायण नगरपालिका ६ का श्यामबाबु यादवको विआर एक्स ६५५८ नम्बरको अपाचे मोटरसाईकल सहित सर्लाही ईश्वरपुर नगरपालिका १३ का अशोक महतोको छोरा १९ बर्षको श्याम महतो पक्राउ गरिएको छ। त्यसैगरी गत २६ गते बिहान ७ बजे शुकादेव चौकबाट चोरी भएको यमुनामाई गाउँपालिका २ का अम्बिका यादवको विआर ३० ए एम १६४८ नम्बरको १२५ सिसिको पल्सर मोटरसाइकल सहित कटहरिया नगरपालिका ९ दुमरिया गाउँका शिवशंकर यादवको छोरा २१ बर्षको मन्दिप भन्ने मन्दित यादव पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले बिभिन्न मितिमा छुट्टाछुट्टै स्थानबाट चोरीको उक्त तीनवटै मोटरसाईकल सहित तीनैजना चोर लाई पक्राउ गरिएको डिएसपी राजन कार्कीले बताएका छन्।  तीनैजना माथि चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको डिएसपी कार्किले जानकारी दिएका छन्।

त्यस्तै भारतीय बजारबाट तस्करले २ वटा मोटरसाइकलमा राखेर भित्र्याएको २ लाख ११ हजार,५९० रुपैयाँ बराबरको कपडा, किराना सामान प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार राय द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

Related Posts

सुदुर पश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

आज प्रदेश सभाबाट विश्वासको नवनियुक्त मुख्य मन्त्री भट्टले विश्वासका मत पाएका हुन्। मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान…

ByByanjana soni १० घण्टा अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni १ दिन अगाडि

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni २ दिन अगाडि

नाट्टा कार्यसमितिमा युवा पर्यटन व्यवसायी दिनेश मैनाली निर्वाचित

  काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २५औँ कार्यसमितिका लागि भएको निर्वाचनमा युवा…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *