यू-२० एशियन कपमा आज नेपालको सामना उज्बेकिस्तानसँग
By YOUTV Nepal
१० महिना अगाडि
Comments: 0
काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ ।
न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि सुरु हुनेछ । समूह बीमा रहेको नेपाल दुई खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा छ ।
अघिल्लो खेलमा कम्बोडियालाई ७-० को फराकिलो अन्तरले हराएको उज्वेकिस्तान तीन अंकसहित शीर्ष स्थानमा छ ।
उज्वेकिस्तान समूहकै बलियो टोली हो । नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो ।
१० महिना अगाडि
१० महिना अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान ४ महिना अगाडि