• Home
  • ताजा समाचार
  • भोटेकोशीमा ‘स्वतन्त्र युवा टिम’ गठन, युवाहरूलाई जागरूक बनाउन अभियान सुरू: युवा लिडर दिनेश न्यौपाने
Image

भोटेकोशीमा ‘स्वतन्त्र युवा टिम’ गठन, युवाहरूलाई जागरूक बनाउन अभियान सुरू: युवा लिडर दिनेश न्यौपाने

भोटेकोशी, सिन्धुपाल्चोक – भोटेकोशी गाउँपालिकामा युवाहरूको सशक्त सहभागिता सुनिश्चित गर्दै सामाजिक र राजनीतिक परिवर्तनको मार्ग खुला गर्न ‘स्वतन्त्र युवा टिम’ नामक अभियान सुरू गरिएको छ।

यस अभियानलाई युवा लिडर दिनेश न्यौपाने को नेतृत्वमा २०७८ साल फागुन २४ गते (२०८१ साल ११ महिना २४ गते) औपचारिक रूपमा सुरू गरिएको हो। अभियानको मुख्य उद्देश्य भोटेकोशीको भ्रष्टाचारविरुद्ध लड्ने, युवालाई संगठित गर्ने, समाजमा सकारात्मक परिवर्तन ल्याउने, र राजनीतिक विकृति तथा विसंगतिहरू हटाउने रहेको छ।

भ्रष्टाचारविरुद्ध संघर्ष र समृद्धिको संकल्प

युवा लिडर दिनेश अनुसार भोटेकोशीमा राजनीतिक आचरण दिनानुदिन बिग्रँदै गइरहेको छ। प्रत्येक चुनाव पैसामा निर्भर हुँदै गएका कारण योग्य र इमानदार व्यक्तिहरू अवसरबाट वञ्चित भइरहेका छन्। चुनावमा ठूलो मात्रामा खर्च हुने, त्यसपछि जनताको करबाट कमाउने प्रवृत्तिले समाजलाई प्रताडित बनाएको छ।

उनी भन्छन्, “अब युवाहरूले आफैं परिवर्तनको नेतृत्व गर्नुपर्छ। स्वच्छ राजनीति र पारदर्शी शासनको पक्षमा उभिनुपर्छ।”

स्थानीय विकास र रोजगारीको प्राथमिकता

भोटेकोशीमा व्यापार, कृषि, तथा उद्योगहरूमा निरन्तर घाटा भइरहेको छ। युवा कार्यशक्तिको ठूलो संख्याले वैदेशिक रोजगारको बाटो रोज्नु परेको छ। युवा लिडर दिनेश न्न्यौपानेका अनुसार, “भोटेकोशी हाइड्रोपावरको केन्द्र बनेको भए पनि स्थानीयहरू त्यसबाट लाभान्वित हुन सकेका छैनन्। सीमावर्ती क्षेत्र भए पनि व्यापारिक गतिविधि सुस्त छ।”

स्वतन्त्र युवा टिमले भोटेकोशीमा रोजगारी सिर्जना गर्ने, भौतिक पूर्वाधार विकास गर्ने र स्थानीय उत्पादनलाई प्राथमिकता दिने योजना अघि सारेको छ।

युवाहरूलाई एकजुट हुन अपिल

भोटेकोशीको राजनीतिक विकृतिलाई अन्त्य गर्दै सशक्त युवाहरूको नेतृत्वमा समृद्ध भोटेकोशी बनाउने लक्ष्यसहित स्वतन्त्र युवा टिमले गाउँभर अभियान चलाउने घोषणा गरेको छ।

न्यौपानेले सबै युवाहरूलाई टिममा आवद्ध हुन आग्रह गर्दै भने, “अब युवाहरू एकजुट भएर न्याय, समानता र समृद्धिको बाटो तयार गर्नुपर्छ। हाम्रो अभियान कुनै दलविशेषको पक्षधर नभई स्वच्छ, पारदर्शी, र जनहितमा केन्द्रित छ।”

भोटेकोशीको युवाहरूको उज्ज्वल भविष्यका लागि यो अभियान निर्णायक हुने विश्वास गरिएको छ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २१ घण्टा अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *