• Home
  • खेलकुद
  • फुटबल खेलाडी संघको अडान: ‘लिगको मिति नतोकिएसम्म आन्दोलन रोकिँदैन’
Image

फुटबल खेलाडी संघको अडान: ‘लिगको मिति नतोकिएसम्म आन्दोलन रोकिँदैन’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगको मिति औपचारिक रूपमा घोषणा नगरेसम्म आफूहरूको आन्दोलन यथावत् रहने स्पष्ट पारेको छ। तीन पक्षीय समझदारी अनुरूप एन्फा कार्यसमितिको आगामी बैठकबाट लिगको मिति घोषणा हुने विश्वास व्यक्त गर्दै संघले आइतवार प्रेस विज्ञप्ति जारी गरेको छ।

खेलाडी संघका अध्यक्ष विक्रम लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “झन्डै ३ वर्षदेखि स्थगित सहिद स्मारक ए डिभिजन लिग यही वर्ष हुनुपर्ने र अन्य सबै लिगको सुनिश्चितताका लागि सुरु गरिएको आन्दोलन यथावत् रहेको जानकारी गराउन चाहन्छौँ।”

समझदारी कार्यान्वयनको जोड

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग एन्फा, ए डिभिजन क्लबहरू र खेलाडी संघका प्रतिनिधिहरूबीच भएको छुट्टाछुट्टै तथा संयुक्त छलफलपछि ए-डिभिजन लिग यसै वर्ष सुरु गर्ने सहमति भएको कुरा विज्ञप्तिमा स्मरण गराइएको छ।

“अब बस्न लागेको एन्फा कार्यसमितिबाट लिग मिति औपचारिक रूपमा घोषणा गर्ने समझदारी बनिसकेकाले सो प्रक्रियालाई शीघ्र सम्पन्न गर्न हामी आग्रह गर्दछौँ।”

संघले एन्फालाई उक्त समझदारी अनुसार प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

‘लिग नभए कुनै हालतमा स्वीकार्य छैन’

खेलाडी संघले यदि एन्फाले यो वर्ष ए डिभिजन लिग नहुने कुनै निर्णय गरेको खण्डमा त्यो कुनै हालतमा स्वीकार्य नहुने पनि प्रस्ट पारेको छ।विज्ञप्तिमा एन्फा र क्लबबीच सहमति भएको राष्ट्रिय लिग सञ्चालनमा खेलाडी संघ बाधक नबन्ने उल्लेख गरिएको छ। तथापि, उनीहरूको न्यूनतम माग ए डिभिजन लिगसहित सबै तहका फुटबल लिगहरूको सुनिश्चितता रहेको संघले जोड दिएको छ।

Related Posts

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni १७ घण्टा अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ३ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ५ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *