प्रियंका कार्की र सरोज ओलीले यसमा पनि जीवन्त अभिनय गरेका
By YOUTV Nepal
४ महिना अगाडि
Comments: 0
काठमाडौं । समिर खरेल र बेनिशा पौडेलको स्वरमा मर्मस्पर्शी गीत ‘मनको तिर्सना’ सार्वजनिक भएको छ । यसअघि चर्चित डान्सिङ गीतमा सहकार्य गरेका प्रियंका कार्की र सरोज ओलीले यसमा पनि जीवन्त अभिनय गरेका छन् ।
साधारण जीवनयापन गरिरहेका दुई व्यक्तिको जीवनको कथालाई उतारिएको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । ओली स्वयमले शब्द रचना गरेको गीतमा दीपक शर्माको संगीत छ।
उदयराज पौडेलको एरेन्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ मास्टरिङ छ । जगदीश न्यौपाने सहायक निर्देशक रहेको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका छन् भने निर्देशक सुवेदीले नै सम्पादन गरेका छन् ।
ताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि