Trending

निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान

2.8kViews
11 Shares

निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचा

काठमाडौँको चाबहिलबाट सानो मात्रामा व्यवसाय सुरु गरेकी निश्चिका खड्का अहिले नेपालभर आफ्नो निश्ची अचार आपूर्ति गरिरहेकी छिन्। आफ्नै हातले बनाएको अर्गानिक, घरमै तयार गरिएको स्वादिष्ट अचार छोटो समयमै ग्राहकहरूको रोजाइमा पर्न सफल भएको छ।

निश्ची अचारमा चिकन, मटन, भेडा, भैंसी तथा शाकाहारी (Veg) अचारका विभिन्न परिकारहरू उपलब्ध छन्। ग्राहकहरूले अचारको स्वाद मात्र होइन, यसले पाचन प्रक्रियामा मद्दत गर्ने भन्दै यसलाई “जादूमय अचार” समेत भनेका छन्।

सानो परिमाणबाट सुरु गरेको यो उद्यम अहिले नेपालभर अनलाइन आपूर्ति भइरहेको छ। ग्राहकहरूको सकारात्मक प्रतिक्रियाले निश्चिकालाई अझै उत्साहित बनाएको छ। उनले अचार व्यवसायलाई अझ व्यवस्थित, ठूलो स्तरको उत्पादन र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य लिएकी छिन्।

उनको सफलताको कथा स्वदेशमै केही नयाँ गर्न चाहने युवाहरूका लागि प्रेरणादायी बन्न पुगेको छ। निश्चिका खड्काले भनेजस्तै, “म उद्यमी भएकामा गर्व लाग्छ, आफ्नै उत्पादनले धेरैलाई खुसी बनाउन पाउँदा अझै प्रेरित हुन्छु।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय