Trending

देव आरएन र जिशु कोइरालाको मागी बिहे कि भागी  रोमान्स  सार्वजनिक

4.5kViews
12 Shares

काठमाडौं । ‘मागी बिहे कि भागी बिहे’ बोलको गीत आज  सार्वजनिक भएको हो । देव आरएन र जिशु कोइरालाको नयाँ गीत सार्वजनिक भएको छ । देव र जिशु फिचर्ड ‘मागी बिहे कि भागी बिहे’ !!

उक्त गीत आज सेन्ट्रल कलेजको सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । सार्वजनिक लोक पप जनराको रोमान्टिक गीतमा नन्दु राई र लक्ष्मी स्याङ्ताङले स्वर दिएका छन् ।

नन्दुले लेखेको गीतलाई उनी आँफैले कम्पोज गरेका हुन् । गीतमा रमेश सेन्चुरीको संगीत संयोजन छ । सरोज श्रेष्ठले निर्देशन गरेको भिडियोमा देव र जिशुसँगै विजय कृष्ण श्रेष्ठ, सरोज श्रेष्ठ र भक्त बहादुरको पनि अभिनय देख्न सकिन्छ ।

नवलपुरको ढोडेनीमा छाँयाकन गरिएको भिडियोको परिकल्पनाकार राहुल रसाईली हुन् । भिडियोमा सन्तोष परियारको सिनेमाटोग्राफी तथा सन्देश दियालको सम्पादन छ ।

गीत सार्वजनिकका लागि आयोजित पत्रकार सम्मेलनका प्रमुख अतिथि सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले सफलताको कामना गरे । उनले गीतको भिडियोमा देखाईएको नेपालीपनले आफू आकर्षित भएको बताए । उनले नेपाली कला सँस्कृतिको प्रवर्द्धनमा सेन्टल कलेजको साथ सहयोग रहने पनि बताए ।

मोडल देवले यस पटक केही फरक गर्ने कोशिस गरेको बताए । पहिलो पटक लोक पप जनराको गीतमा काम गर्दै नृत्यको प्रयास गरेको समेत बताए । उनले यस अघि आधा दर्जन बढी म्युजिक भिडियो गरिसकेका छन् । निर्देशक श्रेष्ठ र कोरियोग्राफर रसाइलीले सक्दो राम्रो गर्ने प्रयास गरेको बताए । उक्त गीत देव आरएन अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय