• Home
  • जिवनशैली
  • देव आरएन र जिशु कोइरालाको मागी बिहे कि भागी  रोमान्स  सार्वजनिक
Image

देव आरएन र जिशु कोइरालाको मागी बिहे कि भागी  रोमान्स  सार्वजनिक

काठमाडौं । ‘मागी बिहे कि भागी बिहे’ बोलको गीत आज  सार्वजनिक भएको हो । देव आरएन र जिशु कोइरालाको नयाँ गीत सार्वजनिक भएको छ । देव र जिशु फिचर्ड ‘मागी बिहे कि भागी बिहे’ !!

उक्त गीत आज सेन्ट्रल कलेजको सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । सार्वजनिक लोक पप जनराको रोमान्टिक गीतमा नन्दु राई र लक्ष्मी स्याङ्ताङले स्वर दिएका छन् ।

नन्दुले लेखेको गीतलाई उनी आँफैले कम्पोज गरेका हुन् । गीतमा रमेश सेन्चुरीको संगीत संयोजन छ । सरोज श्रेष्ठले निर्देशन गरेको भिडियोमा देव र जिशुसँगै विजय कृष्ण श्रेष्ठ, सरोज श्रेष्ठ र भक्त बहादुरको पनि अभिनय देख्न सकिन्छ ।

नवलपुरको ढोडेनीमा छाँयाकन गरिएको भिडियोको परिकल्पनाकार राहुल रसाईली हुन् । भिडियोमा सन्तोष परियारको सिनेमाटोग्राफी तथा सन्देश दियालको सम्पादन छ ।

गीत सार्वजनिकका लागि आयोजित पत्रकार सम्मेलनका प्रमुख अतिथि सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले सफलताको कामना गरे । उनले गीतको भिडियोमा देखाईएको नेपालीपनले आफू आकर्षित भएको बताए । उनले नेपाली कला सँस्कृतिको प्रवर्द्धनमा सेन्टल कलेजको साथ सहयोग रहने पनि बताए ।

मोडल देवले यस पटक केही फरक गर्ने कोशिस गरेको बताए । पहिलो पटक लोक पप जनराको गीतमा काम गर्दै नृत्यको प्रयास गरेको समेत बताए । उनले यस अघि आधा दर्जन बढी म्युजिक भिडियो गरिसकेका छन् । निर्देशक श्रेष्ठ र कोरियोग्राफर रसाइलीले सक्दो राम्रो गर्ने प्रयास गरेको बताए । उक्त गीत देव आरएन अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १ दिन अगाडि

रेनातादेखि दीपा सिटौलासम्म, पाँच प्रतिभाको शिरमा ‘ब्राइडल क्विन २०२६’को ताज

  काठमाडौं । नेपाली मौलिकता, संस्कृति, परम्परा र आधुनिक फेसनको अनुपम संगम बनेको ब्राइडल कउचर रनवे २०२६ –…

ByByanjana soni २ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ३ दिन अगाडि

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *