• Home
  • जनजाति
  • त्मारक्षाका लागि एक दिने तालिमको आयोजना गरेको छ । महानगर भित्ररहेको कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई तालिम दिन लागिएको हो।
Image

त्मारक्षाका लागि एक दिने तालिमको आयोजना गरेको छ । महानगर भित्ररहेको कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई तालिम दिन लागिएको हो।

बिरगंज महानगरपालिकाले नगर भित्र रहेका सामुदायिक बिधालय तथा निजि बिधालय गरि करिब १० हजार भन्दाबढी छात्राहरुलाई आत्मारक्षाका लागि एक दिने तालिमको आयोजना गरेको छ ।

बुधबार बिहान १० बजेबाट शुरु हुने प्रशिक्षण कार्यक्रममा बिरगंजका सामुदायीक तथा निजी विद्यालय गरी करिब १० हजार बढी छात्राहरुको सहभागिता रहने छ।

बिरगंज महानगर पालिका का प्रमुख रजेशमान सिंहका अनुसार एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर विश्व रेकर्ड सहित गिनिज बुकमा धेरै किशोरीलाई एक साथ तालिम दिएर महानगर ले विश्व कीर्तिमान मा नाम लेखाउने तयारी समेत भएको उनले बताए ।

यो तालिम सफल रुपमा सम्पन्न भएमा बिरगंजको नाम अन्तर्राष्ट्रिय रुपमा चर्चित हुने भएको हुँदा आम नगरबासीलाई कार्यक्रम सफल पार्न नगर प्रमुख सिंह ले आग्रह गरे ।

बिरगंज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टिलाई बोलाएर हाम्रा किशाेरीहरुलाई प्रशिक्षण दिन लागिएको र किशोरीहरूलाई आत्मरक्षामा प्रशिक्षित गर्दै भविष्यका लागि तयार पार्ने प्रयास मात्रै नभई महानगरलाई एक सकारात्मक पहिचान दिने लक्ष्य बोकेको र बुधबार हुन लागेको प्रशिक्षणलाई व्यवस्थित बनाउन महिला स्वयंसेवीहरु खटाइने बिरगंज महानगपालिका का उप प्रमुख इम्तियाज आलम ले थपे, “महानगरको यस कदमले किशोरीहरूको सुरक्षामा मात्र नभई समग्र समाजमा सकारात्मक प्रभाव पार्नेछ ।” जानकारी समेत दिनु भयो।

आदर्शनगर रंगशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्राहरुलाई ल्याउने लैजाने व्यवस्था सहित सुरक्षाको व्यवस्था मिलाइसकिएको बिरगंज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिए ।

भारतबाट आएका प्रशिक्षक शेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्शल आर्टिस्ट र फिटनेस प्रशिक्षक समेत हुन् । शेट्टीले अमिताभ बच्चन, सलमान खान, अजय देवगन, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टंडन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यान जस्ता धेरै बलिउड र हलिउड स्टारहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिइसकेका छन् ।

ख्यातिप्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले छात्राहरु (किशोरी) आत्मरक्षाका लागि सक्षम हुने विश्वास नेपाल भारत सहयोग मंचका अध्यक्ष अशोक वैद्यले व्यक्त गरे ।

पत्रकार सम्मेलानमा प्रशिक्षक शेट्टीले आफू नेपालका छात्राहरुलाई प्रशिक्षण दिन आउन पाउँदा खुसी लागेको बताए ।

महानगरको यो पहललाई बिरगंज वासीले सकारात्मक रूपमा लिएका छन् । नगरका विभिन्न सामाजिक तथा महिला सङ्गठनहरूले यो तालिमले किशोरीहरूको आत्मविश्वास बढ्ने र भविष्यमा चुनौती सामना गर्ने क्षमतामा वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । बिरगंज का स्थानीय बासिन्दा समेत यो तालिमको तयारी देखेर उत्साहित छन् ।

तालिम सफलतापूर्वक सम्पन्न भएमा बिरगंज को नाम वर्ल्ड रेकर्डमा समावेश हुनेछ, जसले नगरको पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ बलियो बनाउनेछ । तालिमले अन्य महानगरहरूलाई पनि यस्ता कार्यक्रम गर्ने प्रेरणा दिने सम्भावना रहेको जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले दिनु भयो।

Related Posts

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २२ घण्टा अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ३ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ४ दिन अगाडि

सुदुर पश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

आज प्रदेश सभाबाट विश्वासको नवनियुक्त मुख्य मन्त्री भट्टले विश्वासका मत पाएका हुन्। मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *