तामाङ परिवार आयरल्याण्डद्वारा विशेष सांगीतिक कार्यक्रम आयोजना
By YOUTV Nepal
३ महिना अगाडि
Comments: 0
तामाङ परिवार आयरल्याण्डद्वारा विशेष सांगीतिक कार्यक्रम आयोजना
डब्लिन – तामाङ परिवार आयरल्याण्डले आगामी जनवरी २८ मा आयोजना गर्न लागेको विशेष सांगीतिक कार्यक्रममा चर्चित गायकहरू परशान्त तामाङ र अनिस भण्डारीले आफ्नो प्रस्तुति दिनेछन्। साथै, डिजे उज्ज्वलले पनि आफ्नो विशेष म्यूजिकल प्रस्तुति दिने पुष्टि भएको छ।
तामाङ समुदायको संस्कृति र परम्परालाई प्रवर्द्धन गर्दै आयरल्याण्डमा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रममा एनआरएनए आयरल्याण्ड, चितवन समाज आयरल्याण्ड, बागलुङ समाज आयरल्याण्ड, र केटीएम इन्टरटेनमेन्टले आफ्नो साथ र सहयोग प्रदान गरेका छन्।
कार्यक्रमले सांगीतिक प्रस्तुतिहरूसँगै नेपाली परम्परागत खानाका परिकार र सांस्कृतिक प्रदर्शनीमार्फत नेपाली कला र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नेछ।
आयोजकले कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरेको छ।
ताजा समाचार, प्रदेश नं २, समाचार
मौलापुरमा छैठौं मधानी महोत्सव आयोजना हुँदै। २ हप्ता अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि