जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

3.1kViews
8 Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको आज दोस्रो दिन पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भर्खरै बैठक सुरु भएको छ ।

गत साउन २७ गतेदेखि ३० गते सम्पन्न भएको केन्द्रीय समिति बैठकपछि पूर्णताः पाएको यो कार्यकारिणी समितिको प्रथम बैठक हो । ३४ सदस्यीय यो बैठक भोलि शुक्रबार सम्पन्न हुनेछ ।

बैठकले नेतृत्व एवं कार्यकारिणी समितिको जिम्मेवारी निर्धारण गर्नुका साथै केन्द्रीय विभागहरु गठन, केन्द्रीय सचिवालय गठन, केन्दीय कार्यालय समिति गठन, प्रदेश स्तरीय अभियान परिचालन, अनुगमनर निरिक्षण गर्नेछ ।

त्यस्तैगरी, हाल जारी रहेको जनतासँग जसपा नेपाल अभियानको समिक्षा र यसको प्रभावकारिता, पेशागत एवं भातृ संगठनहरुको परिचालन, अनुगमन, निरिक्षण र समन्वय लगायत बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ ।

जसपा नेपालको कार्यकारिणी समिति र केन्द्रीय समितिले पूर्णतः पाइसकेको छ । गत जेष्ठमा जनकपुरमा सम्पन्न महाधिवेशनले पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई कार्यकारिणी समिति र केन्द्रीय समिति मनोनयन गर्ने जिम्मेबारी दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
13°
Clear
6:57 am6:08 pm +0545
Feels like: 13°C
Wind: 6km/h WNW
Humidity: 79%
Pressure: 1010.16mbar
UV index: 0
5 am6 am7 am8 am9 am
12°C
12°C
12°C
15°C
18°C
ThuFriSatSunMon
26°C / 9°C
26°C / 9°C
26°C / 10°C
27°C / 12°C
28°C / 11°C

प्रिय न्युज


लोकप्रिय