Trending

चिरञ्जीवी यादवको नेतृत्वमा गृहमन्त्रीको पुतला दहन, सिरहामा नागरिकता विवाद चर्कियो

3.0kViews
8 Shares

 

सिरहा, १९ चैत्र: चिरञ्जीवी यादवको नेतृत्वमा सिरहामा भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाउने प्रकरणको विरोध गर्दै गृहमन्त्री रमेश लेखकको पुतला दहन गरिएको छ। मंगलबार साँझ चोहर्वामा स्थानीयहरूले विरोध प्रदर्शन गर्दै गृहमन्त्री लेखकको पुतला जलाएका हुन्।

भारतीय नागरिक मोस्ताक मियाँलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेका नरहा गाउँपालिका-३ का वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डललाई राजनीतिक संरक्षण दिइएको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन्। अदालतबाट पक्राउ पुर्जी जारी भए पनि उनीहरूलाई प्रहरीले पक्राउ नगरेको भन्दै विरोध प्रदर्शन गरिएको हो।

मोस्ताक मियाँले भारतको बिहार, मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका स्थायी बासिन्दा हुँदाहुँदै २०८० असार २६ गते जिल्ला प्रशासन कार्यालय सिरहाबाट नेपाली नागरिकता प्राप्त गरेका थिए। नागरिकता दिलाउने क्रममा नक्कली बुवा बनाइएका स्थानीय अमानत मियाँलाई प्रहरीले चैत ५ गते नै पक्राउ गरिसकेको छ।

यस प्रकरणले सिरहामा नागरिकता वितरण प्रक्रियाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीयहरूले दोषीलाई तत्काल कारबाही गर्न माग गर्दै आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय