• Home
  • ताजा समाचार
  • चाडपर्व र संकटबीच लायन्स डिष्ट्रिक ३२५P : २८ भदौमा बृहत रक्तदान अभियान
Image

चाडपर्व र संकटबीच लायन्स डिष्ट्रिक ३२५P : २८ भदौमा बृहत रक्तदान अभियान

काठमाडौं –समाजसेवी रक्तदाता लायन्स मित्रहरुलाई सम्मान गर्दै लायन्स डिष्ट्रिक ३२५ पी, नेपालले आगामी २८ भाद्र २०८२ (१३ सेप्टेम्बर २०२५) मा “बृहत रक्तदान अभियान” गर्ने भएको छ।

सेप्टेम्बर महिनामा गरिएको योगदानको प्रशंसा गर्दै डिष्ट्रिकले भनेको छ– “चाडपर्व नजिकिँदै गर्दा र पछिल्लो देशको घटनाक्रमका कारण घाइते तथा बिरामीलाई तत्काल रगतको आवश्यकता बढेको छ। कुनै पनि बिरामीले उपचारमा रगतको अभाव झेल्न नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो।”

त्रि.वि. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको आव्हानलाई समर्थन गर्दै सबै सदस्य तथा शुभेच्छुकलाई रक्तदानमा सहभागी हुन आह्वान गरिएको छ। हालैको Gen Z आन्दोलनको क्रममा समेत अस्पतालमा भर्ना भएका घाइतेलाई पहिलो आवश्यकता रगत नै भएकाले यस अभियानलाई अझ महत्वपूर्ण मानिएको छ।

लायन्स डिष्ट्रिक ३२५ पी, नेपालले विश्वास व्यक्त गरेको छ– सबैको सहभागिताले यो अभियान सफल भई जीवनरक्षामा ठुलो योगदान दिनेछ।

Related Posts

सुदुर पश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

आज प्रदेश सभाबाट विश्वासको नवनियुक्त मुख्य मन्त्री भट्टले विश्वासका मत पाएका हुन्। मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान…

ByByanjana soni १० घण्टा अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni १ दिन अगाडि

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni २ दिन अगाडि

नाट्टा कार्यसमितिमा युवा पर्यटन व्यवसायी दिनेश मैनाली निर्वाचित

  काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २५औँ कार्यसमितिका लागि भएको निर्वाचनमा युवा…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *