Trending

गायिका शोभा त्रिपाठीले आउँदै गरेको हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै कोसेली स्वरूप ‘सँइले झुक्यायो मज्जैले’ बोलको गीत ल्याए

2.1kViews
16 Shares

काठमाडौं । लामो समयदेखि सञ्चारकर्रमी  गायनमा समेत सक्रिय रहेकी गायिका शोभा त्रिपाठीले आउँदै गरेको हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै कोसेली स्वरूप ‘सँइले झुक्यायो मज्जैले’ बोलको गीत ल्याए९की छन् ।

केही दिनअघि उनको आफ्नै युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । नेत्र अर्यालको शब्द रचना र संगीत रहेको यस गीतमा महेन्द्र भण्डारीले एरेन्ज गरेका हुन् भने गायिका शोभालाई नरेश रेग्मीले आवाजमा साथ दिएका छन् ।

विशेष गरी आफू लोक क्षेत्रलाई नै लक्षित गर्दै टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्दै र तीजका गीतहरू पनि पस्कँदै आइरहेको सन्दर्भमा यसपटक पनि कोसेली स्वरूप केही फरकपनको गीत लिएर आएको गायिका त्रिपाठीले बताइन् । हिन्दू नारीहरूको महान् पर्व मानिने तीजमा विवाहित चेली माइत आएको बेला आफूले पराइको घरमा गर्नुपरेका विभिन्न अनुभूतिलाई गीतमार्फत प्रस्तुत गरिएको उनले सुनाइन् ।

साथीसंगी एकै ठाउँमा जम्मा भएर आफ्ना माइतीहरूलाई सुनाउने र आफूलाई मन परेका जोडीहरूले श्रीमान–श्रीमतीले समेत एकअर्काको प्रशंसा गर्दै आफ्नो मनोभावना व्यक्त गर्ने चलन परापूर्वकालदेखि चल्दै आएको उल्लेख गर्दै गायिका शोभाले ती परम्परा भुल्न नहुनेमा जोड दिइन् ।

उनको पछिल्लो समय बजारमा आएको यस ‘सँइले झुक्यायो मज्जैले’ गीतको भिडियोमा बिक्रम चौहानले गीतको कथा–नृत्य निर्देशन गरेका छन् भने प्रकाश खड्काले छायांकन गरेका हुन् । मिलन विश्वकर्माले सम्पादन गरेको उक्त गीतको भिडियोमा गायिका शोभा त्रिपाठी आफैँले अभिनय गरेकी छन् भने उनलाई रमेश विश्वकर्माले साथ दिएका छन् ।

विगतदेखि आफ्नो स्वर र म्युजिक भिडियोमा समेत अभिनयसँगै विभिन्न मेला महोत्सवमा प्रस्तोताको भूमिका निभाउँदै आएकी गायिका शोभाले यस अघिका थुप्रै गीतहरू बजारमा उपलब्ध रहेको र ती गीतहरूबाट प्रशंसा पाइरहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
13°
Clear
6:53 am6:11 pm +0545
Feels like: 13°C
Wind: 5km/h NE
Humidity: 88%
Pressure: 1011.18mbar
UV index: 0
1 am2 am3 am4 am5 am
12°C
11°C
11°C
10°C
10°C
MonTueWedThuFri
27°C / 11°C
28°C / 11°C
28°C / 12°C
28°C / 13°C
29°C / 13°C

प्रिय न्युज


लोकप्रिय