क्यापिटल क्विन नेपाल २०२५’ को ताज करुणा भुजेल श्रेष्ठलाई
By YOUTV Nepal
१ हप्ता अगाडि
Comments: 0
ललितपुर – राजधानीका महिलाहरूबीच आयोजित सौन्दर्य प्रतियोगिता ‘क्यापिटल क्विन नेपाल २०२५’ को उपाधि जोरपाटीकी फेसन डिजाइनर करुणा भुजेल श्रेष्ठले जितेकी छन्। शनिबार ललितपुरको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न नवौँ संस्करणको प्रतियोगितामा उनले उपाधिसहित ‘फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड २०२६’ का लागि लन्डनमा आयोजना हुने कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेकी हुन्।
प्रतियोगितामा अनिता लामा फस्ट रनरअप तथा सीता राई सेकेन्ड रनरअप घोषित भए। हिमालय मुभिजद्वारा आयोजित उक्त प्रतियोगितामा विभिन्न पेसा, उमेर र पृष्ठभूमिका एक दर्जनभन्दा बढी महिलाहरूको सहभागिता थियो। सहभागीहरू करिब तीन साता व्यक्तित्व विकास, प्रस्तुति कला, क्याटवाक, फोटोसुट, भिडियोसुट, तथा सार्वजनिक भाषण सम्बन्धी प्रशिक्षणमा सरिक भएका थिए।
कार्यक्रममा कोरियोग्राफर हिमानी सुब्बाको सोलो प्रस्तुति र कलाकारहरूको आकर्षक नृत्यले वातावरण झनै रंगीन बनाएको थियो। प्रतियोगितामा सहभागीहरूलाई विभिन्न उपाधि र सबटाइटल अवार्ड पनि प्रदान गरियो। जसअनुसार:
प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेत्री तथा मोडल सुष्मा अधिकारी, फेसन डिजाइनर सुक्निता चौलागाईं, मिस्टर ह्याण्डसम नेपाल २०१९ अभिषेक खड्का, पूर्व विजेता लिला राई, र मिसेस डिभा नेपाल २०२५ संगीता अधिकारी रहेका थिए।
यो प्रतियोगिता महिलाको आत्मविश्वास, प्रतिभा र नेतृत्व क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक संस्था हिमालय मुभिजले जनाएको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान ४ महिना अगाडि