एनपीएल: लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच आज निर्णायक भिडन्त
By anjana soni
४ महिना अगाडि
Comments: 0
काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज (शुक्रबार) लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच महत्त्वपूर्ण प्रतिस्पर्धा हुँदैछ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे सुरु हुने यो खेलले प्लेअफको समीकरणलाई अन्तिम रूप दिनेछ।
लुम्बिनी लायन्सले हालसम्म ६ खेल खेल्दा ६ अङ्क जोडेको छ।
प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्नका लागि लुम्बिनीलाई यो खेल जित्नैपर्ने दबाब छ।
यदि लुम्बिनीले आजको खेल जितेमा, पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्लेअफको दौडबाट बाहिरिनेछन्।
राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी जितको लागि आत्मविश्वासका साथ मैदान उत्रने तयारीमा छ।
साविक विजेता जनकपुर बोल्ट्सको प्रदर्शन भने यो सिजन कमजोर रहेको छ।
जनकपुरले हालसम्म ५ खेलबाट मात्र २ अङ्क जोडेको छ र प्लेअफ पुग्ने सम्भावना नगन्य छ।
यद्यपि, अनिल साह (कप्तान/विकेटकिपर) को कप्तानीमा रहेको टोली अप्रत्याशित नतिजा निकाल्दै लिगमा सनसनी मच्चाउने लक्ष्यका साथ खेल्नेछ।
अहिलेसम्म सुदूरपश्चिम रोयल्स (शीर्षस्थान), काठमाडौं गोर्खाज् र विराटनगर किङ्ग्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्। चौथो स्थानका लागि लुम्बिनी, पोखरा, र चितवनबीच प्रतिस्पर्धा छ, जसको टुङ्गो आजको खेलले लगाउनेछ।
४ महिना अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि