• Home
  • ताजा समाचार
  • उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी अब प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की
Image

उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी अब प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की

काठमाडौं – काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी अब प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले सम्हाल्ने भएका छन्। भदौ १८ गते एआईजी टेकबहादुर तामाङ अवकाश भएपछि यो पद खाली भएको थियो।

जेनजी प्रदर्शनलाई ध्यानमा राख्दै आजबाटै एआईजी कार्कीलाई उपत्यका प्रहरी प्रमुखको रूपमा नियुक्त गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले जानकारी दिए। उनका अनुसार बिहानैदेखि प्रदर्शनकारी भेला हुन थालेका कारण प्रहरी बल पनि बिहानैदेखि परिचालन गरिएको छ।

प्रहरी प्रमुखको पद खाली भएको कारणले हिजोको जेनजी प्रदर्शनमा १९ जनाले ज्यान गुमाउनुपरेको पनि बताइएको छ। यसअघि अस्थायी रूपमा डीआईजी ओम रानाले प्रमुखको जिम्मेवारी सम्हालेका थिए। तर अब उनलाई हटाएर एआईजी कार्कीलाई औपचारिक रूपमा कमाण्ड दिइएको हो।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १६ घण्टा अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *