‘अनारवति’ले मैथिली लोकसंस्कृतिको परम्परागत पक्षलाई फोक-ईडीएम शैलीमा प्रस्तुत गर्दै संगीतमा नयाँ स्वाद थपेको छ
By YOUTV Nepal
३ महिना अगाडि
Comments: 0
मैथिली लोक गीतको एल्बम “गीत घर के” को एउटा लोकप्रिय गीत ‘अनारवति डोमरी तोर डोम कत गेलौ गे …’ बोलको गीत कुनै बेला खुबै चर्चा कमाएको थियो । गंगा क्यासेटले निर्माण गरेको उक्त गीतलाई पछि निर्माण कम्पनीले जनकपुरधाममा छायांकन समेत गरेको थियो।
मिथिला नाट्यकला परिषद् (मीनाप) का चर्चित कलाकारहरु हाँस्य सम्राट राम नारायण ठाकुर , घनश्याम मिश्र , धीरज ठाकुर , पुनम ढकाल लगायतकाले मुख्य भूमिका निर्वाह गरेका थिए । ह्याण्डी क्यामबाट खिचिएको त्यो गीतको भिडियो क्वालिटी त्यति राम्रो न भएपनि डोमकछको आनरवती भन्ने गीत र त्यसको भिजुअल निक्कै लोकप्रिय भएको स्वयं मुख्य डोमको भुमिका निर्वाह गरेका घनश्याम मिश्रको तर्क छ ।
समयको प्रवाह सँगै अहिले अत्याधुनिक प्रविधिको प्रयोग भई रहेको समयमा त्यो पुरानो अनारवती शब्दको गीतलाई अहिले नयाँ प्रविधिको प्रयोग गरेर कथ्य सहित त्रिकोन इन्टरटेन्मेन्टको ब्यानरमा फरक शैलीमा नयाँ शब्द र संगीत प्रयोग गरेर नव निर्माण गरेको छ । अनारवती गीति भिडियोमा अभिनेत्री काजल कर्ण र नृत्य निर्देशक राजीव समरको अभिनयले संगीत प्रेमीको मन जित्ने प्रधानाध्यापक अनुज मिश्रको विश्वास छ । मुख्यरुपमा मैथिली भाषी संगीत प्रेमी त्यसमा पनि युवा पुस्तालाई यो अनारवती डोमकछले आफूतिर आकर्षित गर्ने मिश्रको दावी छ ।
यो गीतले मैथिली संस्कृतिलाई आधुनिक संगीतसँग जोड्दै नयाँ पुस्तालाई एउटा राम्रो सामग्री पस्किन सफल भएको छ । गीतमा स्वर, संगीत र शब्द युवा संगीतकार सुमित मल्लिकको रहेको छ । भिडियोमा काजल, राजीव सँगै आयुष्मान ठाकुरको अभिनय रहेको छ ।
कथ्य भने जाड रक्सि पिउने, जुवा तास खेल्ने, बानिको कारण श्रीमती ‘अनारवति’ पतिलाई छोडेर माइती गए पछिको संघर्षलाइ देखाइएको छ | भिडियोमा सागर यादवको सिनेमाटोग्राफी , बिबेक सुनारको सम्पादन र रङ संयोजन रहेको छ । निर्देशन र कोरियोग्राफीको जिम्मा राजीव समरले सम्हालेका छन्, जसले भिडियोमा मौलिकता र आधुनिकतालाई कुशलतापूर्वक प्रस्तुत गरेका छन्। उक्त गीतको भिडियो निर्माण काजल सह-निर्माता राहुल कर्ण हुन् ।
‘अनारवति’ले मैथिली लोकसंस्कृतिको परम्परागत पक्षलाई फोक-ईडीएम शैलीमा प्रस्तुत गर्दै संगीतमा नयाँ स्वाद थपेको छ । गीतको मौलिक श्रेय मिनापका पूर्व अध्यक्ष गायक संगीतकार सुनील मल्लिक, संगीतकार प्रवेश मल्लिक, साहित्यकार अशोक दत्त, रश्मी दत्त र आभास लाभलाई दिइएको छ ।
३ महिना अगाडि
३ महिना अगाडि
ताजा समाचार, प्रदेश नं २, समाचार
मौलापुरमा छैठौं मधानी महोत्सव आयोजना हुँदै। १ हप्ता अगाडिताजा समाचार, देश, राजनीति, समाचार
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री ३ हप्ता अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि